4 years ago
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजरपार्कको आयोजनामा प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप शुक्रबारदेखि शुरु हुने भएको छ ।

आयोजक लिजरपार्कले १ देखि ५ असोजसम्म पार्कको आफ्नै कभर्डहलमा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको छ । आयोजकले कोभिडको दोस्रो भेरिएन्टपछि मित्रतासँगै प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ ।
च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिका भेट्रान्स युगल गरि ४ विधामा प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशीसहित २ सय बढी खेलाडीहरु सहभागिता रहने छ । च्याम्पियनसिपलाई नेपाल ब्याडमिन्टन संघको स्वीकृति र प्राविधिक सहयोग गरेको छ ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी गराए ।
केवल नाफा कमाउनु मात्र नभई नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको ब्यवस्था गरि नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पु¥याउने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
‘यो केवल प्रतियोगिता मात्र नभई मित्रता, भातृत्वलाई स्थापित गर्दै खेलको विकास गर्ने उद्धेश्यसमेत हो । यो च्याम्पियनसिपलाई कोभिडबाट प्रभावित खेलक्षेत्रलाई पुनर्ताजगी गर्दै खेल महोत्सवको रुपमा समेत लिएका छौं ।’ संचालक लिला बहादुर थापाले पत्रकार सम्मेलना भने, ‘रिभाईभले विभिन्न राष्ट्रिय ख्याती प्राप्त खेलाडीमार्फत नव खेलाडीहरुलाई खेलप्रति आकर्षित गर्दै नयाँ खेलाडी उत्पादन गर्ने, विभिन्न लगानीकर्तामार्फत खेल फण्ड स्थापना गरि खेलको विकासका साथै खेलाडीहरुलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने र खेल अनुसन्धानको रुपमा समेत अगाडी बढाउने सोच रहेको छ ।’
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संघले प्राविधक सहयोग गर्ने र कोभिडका कारण खेलाडीहरुले आफ्नो कौशलतालाई उजागर गर्न नपाईरहेको अवस्थामा च्याम्पियनसिप आयोजना गर्न लागिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । उनले कोभिडकै कारण स्थगित संघले आयोजना गर्ने ब्याडमिन्टन च्याम्पियनसिप छिट्टै उपयुक्त मितिमा आया्जना गरिने बताए ।
आयोजक कमिटिका अध्यक्ष शुक्र पाख्रिनले च्याम्पियनसिपलाई भब्यतापूर्वक सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि बसोबास, यातायात र खानाको ब्यवस्था सहभागी खेलाडी, क्लब, जिल्ला तथा प्रदेश स्वयंले गर्नु पर्नेछ ।
करिव १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जुडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि.एण्ड बि. रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ । च्याम्पियनसिपको पहिलो दिन नै सबै भौतिक पुर्वाधारको उद्घाटन गरिनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]