default_image

4 years ago

September 17, 2021

प्रिन्सको विजयी सुरुवात

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर ब्याडमिन्टनको तेस्रो वरीयतामा रहेका युवा स्टार प्रिन्स दाहालले शुक्रबारबाट ललितपुरमा सुरु भएको प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

ललितपुर महालक्ष्मीथानस्थित लिजरपार्कको कोर्टमा भएको खेलमा आयोजककै टोलीबाट खेलेका प्रिन्सले क्लब सेभेनका देवान राईमाथि एकपक्षीय जित निकाल्दै अन्तिम ३२ मा स्थान पक्का गरे । पहिलो सेटमा २१–७ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेटमा २१–३ को सहज जित निकाले । प्रिन्सले गत वर्ष नेपालका शीर्ष खेलाडी रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ लगायतलाई पराजित गरिसकेका छन् ।

प्रिन्सले गत वर्ष सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्ने क्रममा विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गरेका थिए । सेमिफाइनलमा रत्नजितलाई पराजित हराएका थिए ।

सिरहाको लाहानमा भएको १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले फाइनलमा दोस्रो वरियताका दिपेश धामीलाई हराउँदै उपाधि जितेका थिए । यस्तै काठमाडौंमा आयोजना भएको प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा प्रिन्सले दिपेशलाई नै हराउँदै च्याम्पियन बनेका थिए ।

यस्तै आर्मीका आयुष्मान नागरी, एपिएफका पेम्वा शेर्पा, आर्मीका पविन लिङ्थेप, रुकेश महर्जन, एपिएफका सुमन लिम्बु, देविनगर ब्याडमिन्टन क्लबका एडिस कार्की, चितवनका राजु थापा, काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपन गायक, बिर्ता बिसीका नविन सिलवाल, भत्तपुर ब्याडमिन्टनएसोसिएसनका विवेक भट्टराई, नेपाल पुलिस क्लबका पुर्ण बहादुर थापा, पाँचथरका एसिया जवेगु, आर्मीका विवेक चौधरी र कपिलवस्त ब्याडमिन्टन क्लबका रोहित बरालले विजयी सुरुवात गरेका छन् ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीका बविस थापा र बीबीसीका विश्वास नेपालले वाकओभर पाउँदै अघिल्लो चरणको यात्रा तय गरे । एपिएफका पेम्वा शेर्पाले जेस्ट ब्याडमिन्टन एकेडेमीका सुलभ पौडेललाई २१–१८ र २१–१२ ले हराए । आर्मीका पविन लिङ्थेपले रिभाइभ लिजर पार्कका शिव राईमाथि २१–११ र २१–४ को सोझो सेटमा जित निकाले  ।

यस्तै आर्मीका रुकेश महर्जनले बाँके ब्याडमिन्टन क्लबका शिवराम चौधरीमाथि २१–५ र २१–४ को एकपक्षीय जित निकाले । भक्तपुरका विवेक भट्टराईले कपिलवस्तुका ब्रिन्जन बस्नेतलाई १२–२१, २४–२२ र २१–१८ को सेटमा पराजित गरे । आर्मीका विवेक चौधरीले युनिक स्पोर्ट्स नेपालगन्जका नरेन्द्र बममाथि १८–२१, २१–१५ र २१–१३ को सेटमा जित निकाले ।

यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले च्याम्पियनसिपसँगै करिव १८ करोड लागतमा निर्माण भएको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्डभित्रको ब्याडमिन्टन हल, जुडो, कराते, उसु, स्विमिङ पुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायतको भौतिक पुर्वाधारको एकैपटक उद्घाटन गरे ।

पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिका भेट्रान्स युगल गरि ४ विधामा प्रतिस्पर्धा हुने च्याम्पियनसिप ५ असोजसम्म चल्नेछ । च्याम्पियनसिपमा देशभरका विभिन्न क्लबबाट २ सय भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । च्याम्पियनसिपलाई नेपाल ब्याडमिन्टन संघको स्वीकृति र प्राविधिक सहयोग रहेको छ ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपको पुरुष एकल र महिला एकलका विजेताले ५० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्षमाथिको भेट्रान्स युगलतर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.