default_image

3 years ago

September 17, 2021

खेलपत्रकारद्धय चित्रकार र साउद सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकारद्धय श्याम चित्रकार र जित बहादुर साउद सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो । एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई अग्रज पत्रकारिता सम्मान र साउदलाई कोरोना संकट सक्रिय […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकारद्धय श्याम चित्रकार र जित बहादुर साउद सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो ।

एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई अग्रज पत्रकारिता सम्मान र साउदलाई कोरोना संकट सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । दुवैले सम्मानसहित ताम्रपत्र प्राप्त गरेका थिए । उनीहरुलाई अर्थमन्त्री जनार्दन शर्मालगायतले पुरस्कृत गरे ।

कोरोना संकटमा सक्रिय पत्रकारिता गरेका खेलकुदबाट साउदसहित चलचित्रबाट रिना मोक्तान, कार्टुनबाट बिरोचन मल्ल ठकुरी, फोटोबाट चन्द्रबहादुर आले, आर्थिकबाट मेनुका कार्की, राजनीति तथा सामाजिकबाट गोबिन्द मरासिनी सम्मानित भए । सबैले सम्मान सहित १० हजार रुपैयाँ नगद प्राप्त गरे । कार्यक्रममा एसोसियट संस्थामा आबद्ध ७० वर्ष नाघेका पत्रकारलाई पनि सम्मान गरिएको थियो ।

जसमा चित्रकार सहित गेहेन्द्रमान अमात्य, मोहनश्याम खोकना र समज्ञ लाकौल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटपूर्ण अवस्थामा रहेको पत्रकारिता र सञ्चार संस्थामा राज्यको तर्फबाट दायित्व र भुमिका बढाउन आग्रह गरेका थिए । अर्थमन्त्री शर्माले पत्रकारको सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्ने आश्वासन दिए ।

विधागत पत्रकारिताको एजेण्डालाई संस्थागत ढङ्गले अघि बढाउन महासंघको एसोसिएट प्रदेशले दुई दिने राष्ट्रिय भेलाको आयोजना गरेको हो । शनिबार धुलिखेल घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.