4 years ago
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलतर्फको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरण खेलेको रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
यस्तै आयोजक लिजर पार्कका प्रिन्स दाहालले कपिलवस्त ब्याडमिन्टन क्लबका रोहित बरालमाथि २१–६ र २१–७ को सोझो सेटमा हराउँदै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । आर्मीकै पविन लिङ्थेप र प्रफुल महर्जनले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । पविनले नेपाल एपिफ क्लबका पेम्वा शेर्पालाई २१–१७ र २१–१४ ले तथा प्रफुलले विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २१–१० र २१–८ ले हरायो ।

एपिएफका सुमन लिम्बुले देवीनगर ब्याडमिन्टन क्लबका एडिस कार्कीलाई २१–१५ र २१–११ ले हराए । यस्तै लोकान्तरका सुदिप सेढाईले चितवनका राजु थापामाथि २१–१७ र २१–१२ को सहज जित निकाल्यो ।
काठमाडौं ब्याडमिन्टन एकेडेकीमा दिपन गायकले आफ्नै एकेडेमीका बविस थापालाई १३–२१, २१–१६ र २३–२१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । पुलिसका पुर्ण बहादुर थापाले भक्तपुर ब्याडमिन्टन एसोसिएसनका विवेक भट्टराईलाई २१–९ र २१–१२ ले हराए ।
पाँचथरका एसिया जवेगुले आर्मीका विवेक चौधरीलाई २१–११ र २१–१५ को सेटमा पाखा लगाए । साइनो स्पोर्ट्सका सुजन थापाले कैलाली ब्याडमिन्टन क्लबका चक्र साउदलाई २१–१६ र २१–१९ ले तथा एपिएफका प्रियान्सु सिंह क्षेत्रीले आफ्नै क्लबका निराजन देवकोटालाई २१–१३ र २१–१५ ले हराए । एपिएफका गौतम सिंह कठायतले पीएफसी ब्याडमिन्टन क्लबका अभिनास कार्कीलाई २१–१२ र २१–१४ ले हराए ।
सेनाका गोकुल जोराले काठमाडौं ब्याडमिन्टन एकेडेमीका स्वयम मानन्धरलाई २१–१२, १७–२१ र २१–१५ ले तथा एपिएफका साजन कृष्ण ताम्रकारले कपिलवस्तुका अभय महरामाथि २१–११ र २१–११ को सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे ।
आर्मीका रुकेश महर्जनले नेपाल पुलिस क्लबका जीवन आचार्यबाट तथा भोज बहादुर गुरुङले एपिएफका विजित थापामगरबाट वाकओभर पाए । पुरुष युगलतर्फ पनि प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिप ५ असोजसम्म चल्नेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]