9 years ago
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को बर्ष एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले अर्को संस्करण नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको हो । नेपाल भारोत्तोलन संघले दिएको जानकारी अनुसार च्याम्पियनसिप २०१७ को जुलाई २१ देखि ३० सम्म हुनेछ ।

नेपालले युथ, जुनियरसँगै सिनियर भारोत्तोलन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको थियो । तर, सिनियर च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भने दक्षिण कोरियाले पाएको छ । बैठकमा दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष एवं एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका सहायक समेत रहेका नेपाल भारोत्तोलनका अध्यक्ष रतनकुमार टण्डनले भाग लिएका थिए । यसअघि नेपालले सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको थियो । तर, २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो प्रतियोगिता थाइल्यान्डमा सारिएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]