default_image

3 years ago

September 24, 2021

राइजिङको पहिलो हारमा शंखमुलको जित

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले दि राइजिङ क्लब धरानलाई ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो हार चखाएको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा शंखमुलले राइजिङलाई ५–२ ले हराउँदै लिगमा पहिलो हार चखाएको हो ।शंखमुलको जितमा क्रिजल खड्काले दुई तथा अरुज सिंह, मनि लामा र सुसान श्रेष्ठले समान एक गोल गरे । […]

48 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले दि राइजिङ क्लब धरानलाई ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो हार चखाएको छ ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा शंखमुलले राइजिङलाई ५–२ ले हराउँदै लिगमा पहिलो हार चखाएको हो ।शंखमुलको जितमा क्रिजल खड्काले दुई तथा अरुज सिंह, मनि लामा र सुसान श्रेष्ठले समान एक गोल गरे । राइजिङका नागेन राई र सुदिप गुरुङले गोल फर्काए ।

पहिलो हार बेहोरेसँगै राइजिङले लिगमा आफ्नो शीर्षता गुमाएको छ । राइजिङको चार खेलबाट ९ अंक छ । अपराजित शंखमुल ४ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

शुक्रबार नै झरना स्पोर्ट्स क्लब लुम्बिनीलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेपछि सविन मेमोरियल एफसी पोखरा लिगको शीर्षस्थानमा उक्लिएको छ ।

सविन मेमोरियलको फराकिलो जितमा अविनाश तामाङले ह्याट्रिक पुरा गर्दा मनिष सेढाईले दुई तथा सुनिल विक र मनोज गुरुङले समान एक गोल गरे । झरनाका जितेश गुरुङले सान्त्वना गोल फर्काए ।

समान ९ अंक रहेपनि सविन मेमोरियलले राइजिङलाई गोल अन्तरमा पछि पारको हो । झरनाले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै अर्काे खेलमा प्रभातफेरी युथ क्लबले लिगमा पहिलो अंक जोड्दा ढुकु फुटसल हवसँग ४–४ गोलको बराबरी खेलेको छ । ढुकुका विक्रान्त नरसिंह रानाले दुई तथा अभय राना र सुमन तामाङले समान एक गोल गरे । प्रभातफेरीका धिरज जोशी, सन्तलाल गुरुङ, श्रीजेश पुरी र धिरज श्रेष्ठले समान एक गोल गरे ।

यो नजिता पछि ढुकु चार खेलबाट ४ अंक जोडेर सातौ स्थानमा रहेको छ । लिगमा पहिलो अंक जोडेर प्रभावफेरी १ अंकसहित नवौं स्थानमा छ ।लिगमा शनिबार दुई खेल हुनेछ । स्काई गोल्स काठमाडौं र फुटसल फाइभ तथा स्पोर्ट्स क्यषसल पोखरा र लुम्विनी फुटसलबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.