4 years ago
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी अनु अधिकारीले रसियाको मस्को सहरमा आयोजना हुने ¥याङकिङ प्रतियोगिता समेत रहेको कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, राखेपका सदस्य पुरेन्द्र विक्रम लाखे र प्रशिक्षक दीपक श्रेष्ठलगायतले बिदाई गरे । खेलाडीलाई शुभकामना दिंदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरिय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशलता सिकेर आउन सुझाव दिए ।
बिश्वका बिश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरुको सहभागिता रहने ¥याङकिङ प्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । प्रत्येक तौल समूहमा बिश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । खेलाडी अनुको हाल विश्व कराते ¥याङकिङमा १६३औं स्थान रहेको छ ।
यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरु ओलम्पिकका लागि स्वतः छनोट हुने प्रावधान छ । यो लिग आउदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताईन् । प्रत्येक तौल समूहमा बिश्वका ६४ जना मात्र खेलाडीहरुले सहभागिता जनाउन पाउने यस बिश्व ¥याङकिङ प्रतियोगितामा सहभागिता हुनका लागि कराते महासंघले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरुमा सहभागिता र जितका आधारमा वरीयताका लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरुले स्वतः छनोट चरण पार गर्नेछन् ।
बाँकी १४ जना २०० ¥याङकिङ भित्र परेका खेलाडीहरुले लिगका लागि दर्ता खुलेको अवस्थामा छिटो दर्ता गर्नेले मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । अरुबेला १५० भित्रका खेलाडीहरुले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरु नभएका कारण २०० भित्रका खेलाडीहरुले नाम दर्ता गर्न पाउने प्रावधान करोत महासंघले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।
अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु मंगलबारै त्यसतर्फ प्रस्थान गर्ने गरेकी छिन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]