4 years ago
October 1, 2021
पोखरा (हाम्रो खेलकुद) – स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा जित दर्ता गरेका छन् ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा स्पोर्ट्स क्यासलले सविन मेमोरियललाई २–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई कायम राखेको हो । स्पोर्ट्स क्यासलको जितमा सुरज गुरुङ र किशोर गुरुङले गोल गरे ।
जितपछि अपराजित रहेको स्पोर्ट्स क्यासलको ७ खेलबाट १९ अंक पुगेको छ । सविन मेमोरियल ७ खेलबाट १० अंक जोडेर छैटौ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा प्रभातफेरीले झरना स्पोर्ट्स क्लबलाई ७–३ ले पराजित गरेको छ । प्रभातफेरीको जितमा सिजन गुरुङले दुई तथा अखिलेस कार्की, श्रीजेश पुरी, सन्तलाल गुरुङ, नवीन लामा र धिरज जोशीले समान एक गोल गरे ।
झरनाका प्रेम छन्त्याल र जितेश गुरुङले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । यो जितपछि प्रभातफेरी ७ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । पराजित झरनाले अंकको खाता खोल्न सकेको छैन ।
यस्तै अर्काे खेलमा शंखमुल फुटसल र स्काई गोल्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शंखमुलका क्रिजल खड्का र अरुज सिंहले गोल गर्दा स्काई गोल्सका आशिष सुनाम र मिसन लामाले गोल गरे ।
यो बराबरीपछि शंखमुल ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्काई गोल्स १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । लिगमा शनिबार दुई खेल हुनेछ । लुम्विनी फुटसल र राइजिङ क्लब तथा फुटसल फाइभ र स्पोर्ट्स क्यासल पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]