default_image

4 years ago

October 3, 2021

चिम्निज ओपनमा मन्देकाजीलाई दोहोरो स्वर्ण

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले जर्मनीमा भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा दोहोरो स्पर्णपदक जित्न सफल भएका छन् ।

मन्देले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण जित्न सफल भएका हुन् । यस्तै च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कास्यपदक जित्न सफल भएको टिमका अफिसियल स्वच्छम् गुरुङले जानकारी गराए ।

मुकुन्द्र महर्जनले ३० वर्षमाथिको उमेर समूहका स्वर्णपदक र ७५ केजी तौल समूहमा कास्यपदक जित्न सफल भएका छन् । सिनियर एकल कातामा सुमन तिमल्सिनाले कास्य तथा आफ्नो उमेर समूहमा स्वर्णपदक जिते ।

च्याम्पियनसिपमा आयोजक जर्मनीसँगै पोल्यान्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन र बेल्जियमलगायतको राष्ट्रको सहभागिता रहेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.