9 years ago
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू १९ एसिया कपको लागि नेपालले पनि तयारी सुरु गर्ने भएको छ । एसिया कपको तयारीका लागि नेपालले भने यसै साताबाट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले शनिबार जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ६ शहरमा छनोट कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । हरेक क्षेत्रिय क्रिकेट विकास समितिमा रहेका खेलाडीलाई प्रतिभा देखाउन उद्देश्यका साथ छनोट कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । छ ठाँउका लागि अलग व्यक्तिलाई सम्पर्क व्यक्ति समेत तोकिएको छ । २०५५ साल भदौ १६ गते जन्मेका वा त्यो भन्दा पछि जन्मेका खेलाडीले मात्र यू १९ ट्यालेन्ट हन्ट कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रममा भाग भाग लिन दुई सय शुल्क तिर्नुपर्ने भने जन्मदर्ता र एसएलसीको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने बताइएको छ ।
उमेर प्रमाणित गर्दा दोषी देखिए त्यस्ता खेलाडीलाई प्रतिबन्ध सम्म लगाउन सकिने बताएका छन् । पहिलो चरणबाट ४४ खेलाडी छनोट गरिने र ती खेलाडीलाई मंसिर ९ गतेबाट बन्द प्रशिक्षणमा राखिने बताएउको छ । यसअघि अन्तर्राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगिता खेलिसकेको र त्यसको बन्द प्रशिक्षण रहिसकेका स्वतः पहिलो चरणको छनोटमा पर्ने मा सहभागि खेलाडी भने यसपटक बन्द प्रशिक्षणका लागि स्वतः छनोटमा पर्ने विज्ञप्तीमार्फत जानकारी दिइएको छ । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमाट्टा, यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद कुमार दास र राष्ट्रिय क्रिकेट टिमका टेक्निकल एनालिष्ट रमन सिवाकोटी रहेको ३ सदस्यीय समितिले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
ट्यालेन्ट कार्यक्रमका लागि स्थान र सम्पर्क व्यक्तिहरु
विराटनगर – महेश रिजाल र प्रदीपराज पाण्डे
विरगञ्ज र जनकपुर– सुवास जैसवाल, उमेश उपाध्याय, प्रकाश शर्मा र नविन सिंह
काठमाडौं – सामसन जङ्ग थापा, मञ्जुर आलम खान र कलाम अलि
भैरहवा र पोखरा – जङ्गब हादुर थापा, शंकर राना, बसन्त शाही र रिजन प्रजु
नेपालगञ्ज – दिपेन्द्र प्रताप सिंह,जमलि अन्सारी
धनगढी र बैतडी – सुवास शाही ,विरेन्द्र शाही र किसन महत
ट्यालेन्ट हन्ट कार्यक्रम हुने स्थान, मिति (मैदान)
विराटनगर – मंसिर ३ गते (विराटनगर)
विरगञ्ज, जनकपुर – मंसिर ५,६ गते (विरगन्ज)
काठमाडौ – कार्तिक ३० र मंसिर १ गते (कीर्तिपुर)
भैरहवा, पोखरा – मंसिर ६ गते (भैरहवा)
नेपालगञ्ज – मंसिर ४ गते (नेपालगञ्ज)
धनगढी, वैताडी – मंसिर २ र ३ गते (धनगढी)
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]