default_image

3 years ago

October 26, 2021

दक्षिण अफ्रिकाले टस जित्यो, डि कक टोली बाहिर

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आजको खेलमा १–१ खेलाडी परिवर्तन गरेका छन् । वेस्टइन्डिजले तीव्र गतिका बलर […]

140 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

दुबै टोलीले आजको खेलमा १–१ खेलाडी परिवर्तन गरेका छन् । वेस्टइन्डिजले तीव्र गतिका बलर आवेद म्याकोयको स्थानमा स्पिनर हेडेन वाल्श जुनियरलाई मौका दिएको छ । दक्षिण अफ्रिका प्रमुख ओपनर तथा विकेटकिपर क्विन्टन डि कक टोलीमा छैनन् । डि कको स्थानमा दक्षिण अफ्रिकाले रिजा हेनड्रिक्सलाई मौका दिएको छ । दक्षिण अफ्रिका कप्तान बभुमाले डि कक व्यक्तिगत कारण उपलब्ध नभएको जनाएका छन् ।

वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग १४.२ ओभरमा ५५ रनमा अल आउट भएको थियो । उक्त खेलमा वेस्टइन्डिज ६ विकेटले पराजित भएको थियो । साविक विजेता वेस्टइन्डिज दोस्रो खेलमा ब्याटिङ सुधारका साथ जित निकाल्ने सोचमा छ ।

दक्षिण अफ्रिका पनि यस विश्वकपमा पहिलो जितको सोचमा छ । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिका पनि पहिलो खेलमा अष्ट्रेलियासँग कमजोर ब्याटिङ गर्दै १ सय १८ रन बनाएको थियो । दक्षिण अफ्रिका आफ्ना प्रमुख ब्याटरबाट उच्च प्रदर्शन चाहन्छ ।

दक्षिण अफ्रिका प्लेइङ ११ : टेम्बा बभुमा (कप्तान), रिजा हेनड्रिक्स, हेनरिक क्लासेन, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, एनरिच नोर्किया, डवेन प्यट्रियटर्स, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।

वेस्टइन्डिजको प्लेइङ ११ : इविन लेविस, लेन्डन सिमन्स, क्रिस गेल, शिम्रन हेटमायर, निकोलस पुरन (विकेटकिपर), काइरन पोलार्ड, आन्द्रे रसेल, ड्वेन ब्राभो, अकिल हुसैन, हेडेन वाल्श जुनियर र रवि रामपाउल ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.