default_image

2 years ago

October 31, 2021

भेट्रान्स एट ए साइड फुटबलको पुरस्कार राशीमा बृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखराको बगर भाई खलकले आयोजना गर्ने ‘ भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा बृद्धि गरेको छ । त्यस्तै भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु […]

54 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको बगर भाई खलकले आयोजना गर्ने ‘ भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा बृद्धि गरेको छ । त्यस्तै भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु गरेको बगर भाई खलकले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको हो । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ११ औं संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिए ।

पुस १९ देखि २४ गते सम्म सञ्चालन हुने पाँचौं स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को विजेताले १ लाख ५१ हजार १ सय ११ र दोस्रो हुने टोलीलाई ७५ हजार ५ सय ५५ प्रदान गर्ने संस्थाले निर्णय गरेको छ । गत वर्षको भन्दा प्रथम पुरस्कारमा ५० हजार र दोश्रोमा २० हजार बृद्धि गरिएको हो । ‘हामी पोखराको खेलकुदलाई नयाँ ढङ्गबाट परिचित गराउन खोजेका छौं, यो पुरस्कार राशीको बृद्धिले विदेशी टिमको आकर्षण बढ्ने छ’ उनले भने,’यसका लागि प्रदेश सरकार, पोखरा महानगर, व्ययवसायिक प्रतिष्ठान लगायत सवैको सहयोग र सहकार्यको खाँचो छ ।’

पोखराको टुडिखेल मैदानको परिचय समेत स्वदेश र विदेशमा यस प्रतियोगिताले स्थापित गर्न सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत रहेका गुरुङले मैदानको स्तरोन्नतीका लागि दुई पटक गरी २ लाख ५१ हजार सहयोग निर्माण उपभोक्ता समितीलाई प्रदान गरेको जानकारी दिए । ‘हामी संस्थाबाट खेलकुद विकासका लागि भेट्रान्सको प्रतियोगिता गरेर नयाँ कुराको थालनी समेत गरेका छौ हामी त्यसबाट केही रकम बचाएर खेलकुद र सामाजिक क्षेत्रको विकासमा समेत खर्च गरेका छौं’, अध्यक्ष गुरुङले भने ।

यसै गरी संस्थाले पोखरामा प्रथम पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी समेत थालेको छ भने केही वार्षिक कार्यक्रमहरु समेत तय गरेको जानकारी दिंदै अध्यक्ष गुरुङले २०७९ जेठ १९ देखि २१ गते सम्म पोखरामा ‘प्रथम भेट्रान्स फुटसल प्रतियोगिता’ आयोजना गर्ने बताए । संस्थाले नयाँ वर्ष २०७९ वैशाख १ गते पोखरामा छात्र–छात्रा ५ किलोमिटर शुभकामना दौड, माघ १५ गते पोखरामा वृहत रक्तदान कार्यक्रम र पुस ३ गते संस्थाको वार्षिक साधारण सभा र अधिवेशन गर्ने घोषणा समेत गरेको छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.