default_image

3 years ago

November 6, 2021

सेमिफाइनलमा पुग्न निर्णायक खेल खेल्दै अष्ट्रेलिया

42 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन वेस्टइन्डिजसँग निर्णायक खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ देखि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न वेस्टइन्डिजलाई हराउनै पर्ने दबाब छ ।

अष्ट्रेलियाले आफ्नो समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिजलाई हराएर मात्र सेमिफाइनलमा भने पुग्न सक्दैन । आजनै हुने अर्को खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराउनु पर्ने हुन्छ । अष्ट्रेलिया विजयी हुँदा उता इंग्ल्यान्डले हारेको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । त्यसैले अष्ट्रेलियालाई विशाल जितको दबाब पनि रहनेछ ।

अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल पक्का भएपनि औपचारिकता बाँकी छ । दक्षिण अफ्रिका ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न इंग्ल्यान्डमाथि विशाल जितको आवश्यक पर्दछ ।

अथवा अष्ट्रेलिया पराजित हुँदा दक्षिण अफ्रिका जितको साथ सेमिफाइनलमा पुग्न सक्छ । अन्यथा नेटरनरेटमा निर्भर रहनेछ । इंग्ल्यान्डको नेटरनरेट प्लस ३.१८३ छ । इंग्ल्यान्डको सेमिफाइनल पक्का भएको छ । अप्रत्याशित र अविश्वसनिय हार नबेहोरेको खण्डमा सेमिफाइनल निश्चित छ । अष्ट्रेलिया र दक्षिण अफ्रिका मध्य एक टोली सेमिफाइनलमा पुग्ने समीकरण देखिन्छ ।


अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । बंगलादेशलाई हराउन स्पिनर एडम जाम्पाले सर्वाधिक ५ विकेट लिएका थिए ।

मिचेल स्टार्क र जोश हेजलवुडले २–२ विकेट लिएका थिए । जाम्पा आजको खेलमा पनि घातक बन्न सक्छन् । समूह चरणबाटै बाहिरि सकेको वेस्टइन्डिजलाई स्पिनर कमजोरीको रुपमा रहँदै आएको छ । डेविड वार्नर, आरोन फिन्च र ग्लेन म्याक्सवेललाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । मार्कस स्टोइनिस अन्त्यतिर निर्णायक बन्नसक्छन् ।

यता वेस्टइन्डिज अन्तिम खेल जितका साथ अन्त्य गर्न चाहन्छ । वेस्टइन्डिजलाई आजको खेलमा कुनैपनि दबाब छैन । जसको कारण स्वतन्त्र रुपमा आफ्नो शैलीको क्रिकेट खेल्नसक्छन् । वेस्टइन्डिज इंग्ल्यान्डसँग ६ विकेट र दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ३ रनले हराएपनि श्रीलंकासँग २० रनले पराजित हुन पुगेको थियो ।

श्रीलंकाविरुद्ध शिम्रन हेटमायरले ८१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । विकेटकिपर निकोलस पुरले राम्रो प्रदर्शन गर्दै आएका छन् । यी दुई युवा ब्याटर आजको खेलमा पनि नायक बन्नसक्छन् । कप्तान काइरन पोलार्ड र आन्द्रे रसेललाई आफ्नो शैलीको खेल खेल्न आवश्यक देखिन्छ । कमजोर बलिङ र ब्याटिङ दुबै चिन्ताको विषय बन्यो । जेसन होल्डर र रसेल अलराउन्डरको रुपमा छन् ।


हेड टु हेड :


टि२० विश्वकपमा अष्ट्रेलिया र वेस्टइन्डिजबीच कुल ५ खेल भएका छन् । वेस्टइन्डिज ३ र अष्ट्रेलिया दुई खेलमा विजयी भएका छन् । वेस्टइन्डिजसँगको पछिल्ला पाँच टि२० आई खेलमा अष्ट्रेलियाले एक मात्र खेल जितेको छ । अष्ट्रेलिया र वेस्टइन्डिजबीच कुल १६ टि२० आई खेल भएका छन् । वेस्टइन्डिज १० खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.०३१ छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंक भएपनि रनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ०.७४२ छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको छ । वेस्टइन्डिज ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौ स्थानमा छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरि सकेको छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । पाकिस्तान सेमिफाइनलमा पुगि सकेको छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित आधारमा दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.