4 years ago
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औं एसकेडियुएन बिश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ ।

संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शुभकामना सहित बिदाई गरे । कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रिबहादुर महतको नेतृत्वमा १ अफिसियल र ८ खेलाडीलाई बिदाई गरिएको हो ।
संघका अध्यक्ष धिर्ज तामाङ पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए । सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरु चित्र बहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन विक, राजु दनुवार र निक्सन लामा रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]