default_image

ताजा समाचारहरु

messi hattrick

May 30, 2018

अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक

ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्।  अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता […]

May 30, 2018

फिफा विश्वकप – १५ दिन बाँकी!

मस्को (एजेन्सी) – फिफा विश्कप सुरु हुन अब मात्र १५ दिन बाँकी छ । विश्वभरका सबै फुटबल लिग अहिले विश्राममा छन् । कुनै ठाउँमा सिजन सकिएको छ त कतै सिजनको मध्यभागमा लिगलाई रोकिएको छ । गतसाता रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई पराजित गरेसँगै युरोपको सिजन पनि विधिवत रुपमा अन्त्य भएको थियो । सर्जियो रामोसले […]

batting state 3

May 30, 2018

प्रदेश ३ विरुद्ध ६ [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो।  खेलको हाइलाइट्स

default_image

May 29, 2018

“अनुभव विना राम्रो प्रदर्शन” – चन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार प्रदेश ६ प्रदेश ३ सँग पराजित भयो। हारका बाबजुद प्रदेश ६ का चन्द्र बिसीले सबैको ध्यान आफु तिर तान्न सफल भए। एकै खेलमा उनले ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनै चन्द्रसँग खेलपछि लिइएको अन्तर्वार्ता हेर्नुहोस्।

sandeep Tu

May 29, 2018

‘विश्व ११ बाट खेल्न पाउनु सौभाग्य’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्डको लर्डस मैदानमा वेस्ट इन्डिज विरुद्ध हुने च्यारिटी खेलमा विश्व ११ बाट खेल्न सन्दीप आज त्यसतर्फ जाँदै छन् । इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माणका लागि बिहिबार च्यारिटी खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड जानुअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ बाट […]

May 29, 2018

युवा तथा खेलकुद मन्त्रालयको बजेट झन्डै दोब्बर बढ्यो,ओलम्पियनले मासिक भत्ता पाउने

‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन […]

May 29, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १५

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १५ मा रहेका छन् बेल्जियमका फरवार्ड एडेन हाजार्ड । बेल्जियम कागजमा हेर्दा विश्वकप दाबेदार मानिएका ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन र अर्जेन्टिना भन्दा कम […]

May 29, 2018

फिफाको अनुमानमा ग्रिजम्यान विश्वकपका उत्कृष्ट खेलाडी हुने

लन्डन (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहँदा विभिन्न पत्रिका, खेलाडी र खेलकर्मीहरुले प्रतियोगिताको अनुमान लगाउन सुरु गरिसकेका छन् । यस बीच विश्वप्रसिद्ध भिडियो गेम फिफाले पनि आफ्नो भविष्यवाणी सार्वजनिक गरेको छ । फिफाले यस पटकको विश्वकपको विजेता फ्रान्स हुने अनुमान लगाएको छ । यस भन्दा अघिको विश्वकपमा […]

May 29, 2018

खेलाडी र खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– छाउनी डोजोले कराते खेलाडी, रेफ्री र खेलप्रेमीलाई सम्मान गरेको छ । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण कराते तथा किक बक्सिङ च्याम्पियनसिपका दौरान उनीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा बर्लिन ओपनका कास्य पदक विजेता मन्डेकाजी श्रेष्ठ, करातेका राष्ट्रिय रेफ्री सह संयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सञ्जय रञ्जित र खेलप्रेमी राम श्रेष्ठलाई सम्मान गरिएको […]

May 29, 2018

पूर्व खेलाडी केसीसहित सट्टेबाज आरोपमा ६ जना पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी अन्जन केसी अर्को अभियोगमा पक्राउ परेका छन् । यसै साता सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) र च्याम्पियन्स लिग फाइनलको क्रममा सट्टेबाज अखडा सञ्चालन गरेको आरोपमा केसीसहित अन्य छ जना पक्राउ परेका हन् । गौरव तिवारी नाइके रहेको भनिएको गिरोहमा केसीसहित दीनेश बोगटी, […]

Success

Thank you for your time.