June 1, 2018
त्रान्भा (एजेन्सी) – विश्वकपका लागि छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्लोभाकियाले बिहीबार मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेका छन् । प्रशिक्षक रोनाल्ड कोमनको नियुक्तिपश्चात तेस्रो खेल खेलेको नेदरल्यान्ड्सले सुरुआती समयमा अपेक्षाकृत प्रदर्स्गन फर्न सकेन । एडम नेमेचले आठौँ मिनेटमा मारेक हाम्सिकको क्रसमा हेडर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । लगत्तै जुराज कुच्काको शक्तिशाली प्रहार […]
June 1, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणमा जर्मनीले अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । जर्मनी यस पटक पनि उपाधिको दावेदारको रुपमा लिइएको टोली हो । प्रशिक्षक जोकिम लोले अनुभवी […]
June 1, 2018
लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने […]
May 31, 2018
सिमरा (हाम्रो खेलकुद) –सामुदायिक विकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ विजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो । वडा नं. ११ ले वडा नं. […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिएका छन् जसमा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि सामेल रहेका छन् । सन्दीपले सुरुवाती ११ मै स्थान बनाएका छन् । यस खेलमा उठेको पैसा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण तथा पीडितहरुको सहयोगका […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र विभिन्न खेलकुद संघहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिन्दन गरेका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरुको उपस्थितमा राष्ट्रपति निवास शीतल निवासमा अभिनन्दन गरिएको हो […]
May 31, 2018
काठमाडौं (कास) – एभरेस्ट प्रिमियर लिग (ईपीएल) को अधिकारिक डिजिटल पार्टनरका रुपमा नेपालफ्लिक्स रहने भएको छ । बिहीबार ईपीएलको आयोजक ईपीएल प्राली र नेपालफ्लिक्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालफ्लिक्सले यस सिजनको ईपीएलको विश्वभर आफ्नो डिजिटल एप्स र वेबसाइटको माध्यमबाट प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालफ्लिक्सले दक्षिण एसिया लगायत विश्वभरका विभिन्न देशमा खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमको प्रत्यक्ष […]
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिनेछन् । यस खेलमा उठेको पैसाद्वारा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण गरिने छ । सन् २०१७ मा आएका इर्मा र मारिया आधीँहरुले ५ रंगशालालाई पनि क्षति पुर्याएका थिए । यस खेलमा विश्व ११ […]
May 31, 2018
पोखरा (हाम्रा खेलकुद)– तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस्अवार्ड २०७४ को अघिल्लो दिन बिहिबार मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले पोखरामा र्याली निकालेको छ । टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु बिहान निकालिएको ¥यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु […]
May 31, 2018
म्याड्रिड (एजेन्सी) – तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् । रियलले यही साता मात्र लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा ३-१ ले हराएको थियो । जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् । जिदानले सिजनको अन्त्यमा क्लब छोड्ने हल्ला बजारमा बारम्बर आए पनि जिदानले […]