October 18, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एच अन्तर्गत साविक विजेता रियल म्याड्रिडले टोटनह्याम विरुद्ध १-१ को बराबरी खेलेको छ । रियलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे भने रियलका डिफेन्डर राफायल भरानले एक आत्मघाती गोल गरेका थिए । खेलको पाँचौं मिनेटमै रोनाल्डोको रि-बाउन्ड सदुपयोग गर्न नसक्दा करिम बेन्जिमा रियल म्याड्रिडलाई खेलमा अग्रता दिलाउन चुके । ह्यारी […]
October 17, 2017
पेरिस (एजेन्सी) – यसै सिजन विश्व कीर्तिमानी रकममा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका ब्राजिली नेयमारसँगको विवाद पछि उरुग्वेका फरवार्ड एडिन्सन काभानीले पिएसजी छाड्ने संकेत गरेका छन् । स्पेनिस पत्रिका डन बालोनले अनुसार उरुग्वेका स्टार स्ट्राइकर काभानीले पिएसजी छाडेर इंग्लिस क्लब म्यानचेष्टर सिटीमा जने चाहना व्यक्त गरेको […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अर्को लज्जास्पद हारसहित नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलको सहभागिताको अन्त्य गरेको छ । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा लगातार दुई खेल गुमाइसकेपछि भिडेका दुई टोलीबीचको खेलमा आज नेपाल तुर्किमिनिस्तानसँग ९–३ ले पराजित भएको थियो । यसअघि २ खेलमा १९ गोल खाइसकेको नेपाललले कुल २८ गोल खाएको छ । बदलामा ४ गोल […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन (एआइपिएस–एसिया)को कोषाध्यक्षमा निर्वाचित हुन सफल नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्वअध्यक्ष निरञ्जन राजवंंशीलाई मञ्चले सम्मान गरेको छ । असोज २० गते पाकिस्तानको इस्लामावादमा सम्पन्न निर्वाचनबाट मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए । बिबिसी नेपाली सेवाको खेलकुद संवाददाता राजवंशी यसअघि पनि एआइपिएस–एसियाको […]
October 17, 2017
जुरिच (एजेन्सी)– चारपटकको विश्व कप विजेता इटालीले अर्को वर्ष रसियामा आयोजना हुने विश्व कप प्रवेशका लागि स्विडेनसँग प्ले अफ खेल्नुपर्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले मंगलबार निकालेको ‘ड्र’ मा इटालीले प्लेअफमा स्विडेनसँग खेल्नुपर्ने भएको हो । स्विडेन समूह ‘ए’ को उपविजेता हो भने इटाली समूह ‘जी’ को उप विजेता हो । […]
October 17, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एफमा आज म्यानचेस्टर सिटी र नेपोली भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा खेलिने यस खेल आज राति नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि डिफेन्डर भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि घाइते रहेकाले यस खेलमा सहभागि हुने छैनन् । त्यस्तै कार दुर्घटनामा परेर […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलमा सहभागिताको अनुभव सुखद हुन सकेन । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिपमा नेपालले अहिले सम्म खेलेका दुवै खेल गुमाएको मात्र छैन, हारमा पनि गोलको भारी नै बोकेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको नेपालले हिजोको किर्गिस्तानसँगको खेलमा भने कम गोल भएको मै सन्तोष मान्नु […]
October 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली हङकङबाट आज स्वदेश फर्कदैछ । नेपाली क्रिकेट टोलीका व्यवस्थापक समेत रहेको टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली ड्रयागन एयरबाट राती १० बजे त्रिभुवन विमानस्थल ओर्लनेछ । हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेलपछि नेपाल स्वदेश फर्कन लागेको हो । नेपाली टोली शुक्रबारको पहिलो खेलमा ८३ रनले पराजित भएको […]
October 17, 2017
दुबई (एजेन्सी)– एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कीर्तिमान बनाएको खेलमा सोमबार पाकिस्तानले श्रीलंकालाई ३२ रनले हराएको छ । पहिलो खेल दिवसिय पनि जितेको पाकिस्तानले बाबरको शतकबाट प्रेरित खेलमा सफलता हात पारेसँगै ५ एक दिवसिय श्रृखंलामा २–० को अग्रता लिएको छ । दिवा रात्री खेलमा १ सय ३३ बल १ सय १ रन बनाएका बाबर […]
October 17, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह एच अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्यामको सामना गर्दै छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । समूह एचमा रियल म्याड्रिड र टोटनह्याम दुवै टोलीको दुई खेलमा दुई जितसहित ६ अंक रहेको छ […]