default_image

ताजा समाचारहरु

October 19, 2017

बार्सिलोनाको जित, युरोपमा मेस्सीको एक सयौं गोल पुरा

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगमा गए राति बार्सिलोनाले ओलम्पियाकोसलाई ३-१ को अन्तरले हराएको छ । घरेलु टोलीको जितमा लियोनल मेस्सीले युरोपमा आफ्नो १०० औं गोल पनि पुरा गरे । बार्सिलोनाले खेलको १९ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । जेरार्ड डेउलेफेउको पासमा ओलम्पियाकोसका खेलाडी डिमिट्रिस निकोलुले आत्मघाती गोल गर्दा स्कोर १-० भएको थियो । […]

October 19, 2017

इन्डोनेसियामा रोहितको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ता इन्डोनेसिया लिगा १ मा हिजो पराजित भएको छ । पेरिसपुराले घरेलु मैदान स्टाडियो मंडला जयपुरामा पर्सिजालाई ३–० ले हराएको थियो ।   तीनै गोल दोस्रो हाफमा भएको लिगा १ को वेभसाइटमा उल्लेख छ । बी सोलोसाले ह्याट्रिक गरेका थिए । झन्डै […]

October 19, 2017

नेपालमा बायर्न म्युनिखको फ्यान क्लब गठन

काठमाडौं (हाम्रो खेलकुद)– चर्चित युरोपियन फुटबल क्लबको फ्यान क्लब गठन हुने क्रममा अर्को एउटा नाम पनि थप भएको छ । जर्मन क्लब बायर्न म्युनिखको फ्यान क्लब हिजो राजधानीमा गठन भएको छ । मिया सान मियाको नाममा गठन भएको समूहको अध्यक्षमा नवीन पाडे र उपाध्यक्षमा मिर्को जुन्के रहेका छन् । जर्मन दुतावासकी प्रतिनिधि पाउला वार्नरको प्रमुख […]

October 18, 2017

कालीदेवीलाई सेभेन ए साइड फुटबल उपाधि

बेथानचोक/काभ्रे (हाम्रो खेलकुद)– पनौतीको कालीदेवी ब्वाइज क्लबले खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक वडा नं ४ को सिरानचौर तिप्चोक डाँडामा आज भएको फाइनलमा पनौती फुटबल एकेडेमीलाई ६–२ ले हराउँदै कालीदेवीले उपाधि जितेको हो । कालीदेवी उपाधिसहित २० हजार तथा पनौतीले १० हजार रुपैयाँ प्राप्त गरेको छ । पनौतीका विकास लामा […]

Rohit Chand

October 18, 2017

रोहित पुन: इन्डोनेसिया लिगको उत्कृष्ट ११ मा परे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द पुनः इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले उत्कृष्ट ११ मा पर्न सफल भएका हुन् । यसअघि उनी १३ औं तथा १४ औं र १५ औं संयुक्त रुपमा साताका […]

Messi Suarez

October 18, 2017

च्याम्पियन्स लिगमा बार्सिलोनाले ओलम्पियाकोसको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह डि अन्तर्गत बार्सिलोनाले ग्रिक क्लब ओलम्पियाकोसको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । बार्सिलोना लामो समयका लागि घाइते रहेका राफिन्हा, उस्माने डेम्बेले र आर्दा टुरान बिना मैदानमा उत्रिने छ । नियमित खेलाउने ४-३-३ फर्मेसनको […]

October 18, 2017

म्यानचेस्टर युनाइटेडले बेन्फिकाको सामना गर्दै, चेल्सी रोमासँग भिड्दै

लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ए अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर युनाटेड पोर्चुगेली क्लब बेन्फिकाको सामना गर्दै छ ।बेन्फिकाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि पल पोग्बा, मरोएने फेलाइनी र एरिक बाई घाइते रहेका छन् भने युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले डिफेन्डर फिल जोन्स […]

October 18, 2017

एन्डरलेक्टले पिएसजीको गोल वर्षा रोक्न सक्ला ?

एन्डरलेक्ट (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले बेल्जियमको क्लब एन्डरलेक्टसँग भिड्दै छ । एन्डरलेक्टको घरेलु मैदानमा खेलिने सो खेल आज राति नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । घरेलु लिगमा अपराजित पिएसजीले यस साता डिजोनलाई २-१ ले हराएको थियो । आजको खेलमा उसका लागि एडिन्सन काभानी, […]

October 18, 2017

मेरिबोर विरुद्ध लिभरपुल ७ गोलले विजयी

मेरिबोर (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब लिभरपुलले बेलिजियमको मेरिबोरलाई ७-० ले पराजित गरेको छ । लिभरपुलका लागि मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले दुई गोल गरेका थिए । खेलको सुरुवातमै सालाहको पास सदुपयोग गर्दै फिर्मिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । तेर्हौँ मिनेटमा फिलिप कौटिन्होले बक्स बाहिरबाट गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाएका […]

October 18, 2017

म्यानचेस्टर सिटीले नेपोलीलाई हरायो

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग समूह एफ अन्तर्गत म्यानचेस्टर सिटीले नेपोलीलाई २-१ ले हराएको छ । सिटीका लागि रहिम स्टेर्लिङ र ग्याब्रियल जेससले गोल गरेका थिए । यहि साता स्टोक सिटी विरुद्ध सात गोल गरेको सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो । डिफेन्डर कायल वकरको प्रहार नेपोलीका डिफेन्डरलाई लागेर फर्किँदा स्टेर्लिङले त्यसको सदुपयोग गर्दै […]

Success

Thank you for your time.