October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ । सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै […]
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेल हुने नहुने अझै निश्चित छैन । हङकङमाआइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८) का कारण हिजोका लागि तय खेल हुन सकेन । त्यहि खेल आजका लागि सारिएको थियो । टाइफुनपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल हुने नहुने अनिश्चित […]
October 16, 2017
किम्बर्ले (एजेन्सी)– क्विन्टन डि कक र हासिम अमलाले अविजित शतक बनाउने क्रममा कीर्तिमानी साझेदारी गरेपछि दक्षिण अफ्रिकाले पहिलो एक दिवसिय क्रिकेटमा बंगलादेशमाथि १० विकेटको जित हासिल गरेको छ । आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षेतिमा २ सय ७८ रन बनाएको थियो । विना विकेटको क्षेति ४३ बल बाँकी हुँदा २ सय […]
October 15, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन बाप्पेले सेन्टर फरवार्डमा खेल्न आफुलाई कठिनाई भएको बताएका छन् । शनिबार डिजोनलाई पिएसजीले २–१ ले हराउँदा बाप्पेको पासमा थोमस म्युनियरले विजयी गोल गरेका थिए । यद्दपी, १८ वर्षे स्ट्राइकरको खेलमा समग्र प्रदर्शन भने सन्तोषजनक रहन रहेन । उनले खेलमा गोलका लागि प्राप्त केही मौका गुमाएका थिए । […]
October 15, 2017
सांघाई (एजेन्सी)- स्वीस टेनिस खेलाडी रोजर फेडेरर चीनमा जारी सांघाई मास्टर्स टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । दोस्रो वरियताका ३६ वषीर्यय फेडेररले शीर्ष वरियताका स्पेनिस राफेल नाडाललाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको फेडेररले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्न सफल भयो । […]
October 15, 2017
तियानजिन (एजेन्सी)-पूर्व विश्व नम्वर एक महिला टेनिस खेलाडी मारिया सारापोभाले दुई वर्षपछि टेनिस प्रतियोगिताको च्याम्पियन बन्न सफल भएकी छन् । चिनको तियानजिनमा भएको तियानजिन ओपन टेनिसको महिला तर्फ रसियन टेनिस सुन्दरी मारिया सारापोभोले आर्यना सावालेन्कालाई २–० को सोझो सेटमा पराजित गर्दै दुई वर्षपछि च्याम्पियन बन्न सफल भएका हुन् । एन्टी डोपिङको प्रतिबन्धमा परेपछि १५ महिना […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बेलायतमा आयोजना हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपमा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । कल्याण कुँवरको प्रशिक्षणमा रहेको नेपाली खेलाडीमा रोहितहाङ राई, राम अधिकारी, पलेसा गोवद्र्धन र रञ्जना धामी छन् । टोली ३ महिनादेखि […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको सुरुआत नै नमिठो हारबाट गरेको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय फुटसल टोलीले उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको छ । पोउर शरीफ फुटसल हलमा भएको खेलमा बलियो उज्वेकिस्तानसँग पहिलो हाफमै ७–० ले पछि परेको थियो । दोस्रो […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग –इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका छन् । झन्डै दुई महिनापछि राजधानीमा हुने प्रतियोगिताका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा १ सय ६० खेलाडीले नाम दर्ता गराएको एपिएलले जनाएको छ । यसका लागि इपिएलले असोज ९ देखि २३ […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज पहिलो पटक औपचारिक रुपमा फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । इरानमा एएफसी फुटबल च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज उज्वेकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । समूह ‘ए’ मा नेपालले भोली किर्गिस्तान र मंगलबार तुर्किमिस्तानसँग प्रतिस्पर्धा गर्नेछ […]