September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोलीले टिसी स्पोर्टस धिवेही प्रिमियर लिग (डिपिएल) को दोस्रो स्थानमा उक्लेको छ । गए राती बलियो माजियालाई १–० ले हराएसँगै टिसी स्पोर्टस एक स्थानमा माथि उक्लेको हो । ६ खेपछि किरणको टोलीको १३ अंक पुगेको छ । इब्राहिम वाहिल हसनले गरेको गोलमा टिसी स्पोर्टसले महत्वपूर्ण […]
September 16, 2017
ललितपुर (हाम्रो खेलकुद) – कपिल रानामगरको अध्यक्षतामा १७ सदस्यीय सातदोबाटो युथ क्लबको नयाँ कार्यसमिति आज निर्विरोध चयन भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन क्लबको साधारण सभाले दुई वर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा श्याम महर्जन र द्वितिय उपाध्यक्षमा राजेन्द्रमान श्रेष्ठलाई निर्वाचित गर्यो । त्यस्तै सुनिल विष्ट महासचिव, कोषाध्यक्ष राजेश मानन्धर, रविन खड्का सचिव र अजय […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिग लिग कोट विकास अभियानको आयोजनामा गोरखामा आठौं संस्करणको लिगलिगे दौड यसपटक असोज ९ गते हुने भएको छ । आयोजक लिग लिग कोट विकास अभियानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं संस्करण आयोजनाको जानकारी दिएको हो । दौड चेपेघाटबाट शुरु भएर लिग लिग दरवारमा पुगेर टुंगिने छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ […]
September 16, 2017
अर्जुन कार्की बागलुङ – बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जिवन पुर्नस्थापना केन्द्रले जितेको छ । बागलुङ स्पोर्टस् क्लबलाई आज भएको फाइनलमा ९–७ ले हराउँदै नयाँ जीवनले उपाधि जितेको हो । नयाँ जीवनका लागि रोशन केसीले ४, सुनिल तामाङ, राजेश जिसी र गणेश थापाले समान १ गोल गरे […]
September 16, 2017
वाटफर्ड (एजेन्सी) – प्रिमियर लिगमा फरवार्ड सर्जियो अगुइरोको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले वाटफर्डलाई ६-० को फराकिलो गोल अन्तरले हराएको छ । यस जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको अग्रस्थानमा उक्लेको छ । खेलको २७ औँ मिनेटमा पहिलो गोल गर्दै अगुइरोले सिटीको गोलको खाता खोलेका थिए । त्यसको ४ मिनेटपछि नै उनले डेभिड सिल्भाको पासमार्फत सिटीको अग्रता दोब्बर […]
September 16, 2017
गेटाफे (एजेन्सी)– बार्सिलोनाले ला लिगमा शत प्रतिशत नतिजालाई निरन्तरता दिएको छ । ब्राजिलियन मिडफिल्डर अन्तिम समयमा पौलिन्होले निर्णायक गोल गरेपछि बार्सिलोनाले गेटाफेमाथि २–१ को जित निकाल्न सफल भएको छ । घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । गाकु सिबासाकीले ३९ औं मिनेटमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)–बन्दी सहायता नियोग (पाम) लाई शिरीष फाउन्डेसनले शनिबार सहयोग प्रदान गरेको छ ।ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापित शिरिष फाण्डेसनले बनस्थली रानीवनमा रहेको पामलाई करिब ६० हजार रुपैयाँ बराबरीको कार्पेट र पर्दा सहयोग गरेको हो । यस्तै फाउन्डेसनका प्रमुख शिरीषले त्यहाँ रहेका बालबालिकाका लागि विभिन्न खेलका सामाग्री पनि उपलब्ध गराएका छन् […]
September 16, 2017
पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्सले माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा आज भएको फाइनलमा पर्वत टाइटन्सलाई ८ विकेटले हराउँदै डाउन टाउनले उपाधि जितेको हो । पर्वतले दिएको १ सय रनको लक्ष्य डाउन टाउनले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । टोलीको […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको सेञ्चुरी बैंक सुपर सिक्सेस क्रिकेट प्रतियोगिता कात्तिक तेस्रो साता हुने भएको छ । आयोजक एसएस इभेन्टले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करण कात्तिक २१ गतेबाट २५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुर हुने जानकारी गरायो । सुपर सिक्सेसमा विभिन्न २४ कर्पोरेट टिमले सहभागिता जनाउने एसएस इभेन्टका सिइओ रमन शिवाकोटीले […]
September 16, 2017
दिपक न्यौपाने बुटवल – लिस्नु युवा क्लब ३१ औ संस्करणको झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । केरवानी स्पोर्टिङ क्लबलाई २–० ले हराउँदै लिस्नु रुपन्देहीको कुन्जलापुरमा जारी प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । खेलमा केरवानीका आशिष गाहा म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोली न्यू राइज बबनी र युनाइटेड कपिलबस्तुबीच प्रतिस्पर्धा […]