default_image

ताजा समाचारहरु

Higuain

September 16, 2017

हिगुवेन अर्जेन्टिनाको टोलीमा परेनन्

ब्युनोस आईरेस (एजेन्सी) – युभेन्ट्सका स्ट्राइकर गोन्जालो हिगुवेन विश्व कप छनोटमा आउने दुई खेलका लागि अर्जेन्टिनी टोलीमा पर्न सकेनन् । अर्जेन्टिनाले विश्व कप छनोटका अन्तिम दुई खेलमा पेरु र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।  यस सिजनमा युभेन्ट्सका लागि ३ खेलमा २ गोल गर्दै राम्रो सुरुआत गरेपनि प्रशिक्षक जोर्ज साम्पोलीको नजरमा २९ वर्षे हिगुवेन पर्न सकेनन् । […]

Lionel Messi, Luis Suarez

September 16, 2017

ला लिगामा बार्सिलोना गेटाफेसँग भिड्दै

गेटाफे (एजेन्सी) – यस सिजन ला लिगामा अपराजित रहेको बार्सिलोना आज साँझ गेटाफेसँग उसैको घरेलु मैदानमा भिड्दै छ । तीन खेलमा शतप्रतिशत नतिजासहित बार्सिलोना अंक तालिकाको अग्रस्थानमा रहेको छ । मंगलबार राती युभेन्टसलाई च्याम्पियन्स लिगमा ३-० ले हराएको बार्सिलोनाले यस खेलमा आफ्ना केही खेलाडीहरुलाई विश्राम दिने सम्भावना छ । बार्सिलोनाले आफ्नो अघिल्लो लिग खेलमा पनि […]

September 16, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफर्डको सामना गर्दै

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आज बेलुका वाटफोर्डको सामना गर्दै छ । सिजनमा बलियो सुरुवात गरेको वाटफोर्ड पनि तालिकाको चौथो स्थानमा रहेको छ । म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनी पिडौंलाको चोटबाट ठिक भइसके पनि आजको खेलमा सुरुवात भने नगर्ने सम्भावना छ । च्याम्पियन्स लिगमा फेयेनूर्डसँग ४-० को जितपश्चात प्रशिक्षक […]

September 16, 2017

गोपीचन्द्रलाई काठमाडौं म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की र त्रिभुवन आर्मी क्लबकी सरिता बसीले ११ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथनमा गोपीले त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठलाई ०.४ सेकेण्डले पछि पादै उपाधि जितेका हुन् । निर्धारित ४२.१९५ किलोमिटर गोपीले दुरी २ घण्टा २३.५६ सेकेण्डमा पूरा गरे । […]

September 16, 2017

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति जित हासिल गरेको हो । ओपनरद्वय अर्धशतक पुरा गरेपछि नेपालले सहज जित हासिल गरेको थियो । […]

September 16, 2017

यु-१८ फुटबल टोली आज भुटान जाँदै; अन्तिम तयारीको फोटो फिचरसहित

काठमाडौँ (हाम्रो खेलकुद)- साफ यू– १८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोली आज दिउँसो १:३० बजे भुटान तर्फ जाँदैछ।  नेपालले प्रतियोगितामा पहिलो खेल सेप्टेम्बर २० मा आयोजक राष्ट्र भुटान सँग खेल्ने छ।   प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो […]

Danilo

September 16, 2017

ब्राजिल टोलीमा नयाँ अनुहार

रियो दे जनेरियो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गतको अन्तिम दुई खेलका लागि ब्राजिलियन प्रशिक्षक टिटेले यसअघि टोलीमा नअटाएका चार खेलाडीलाई यसपटक मौका दिएका छन् । म्यानचेस्टर सिटीका फुल ब्याक ड्यानिलोले एक वर्ष पछि पुनरागमनको मौका पाएका छन् । टिटेले फ्रेड , डिएगो टार्डेली र अर्थर मेलोलाई पनि टोलीमा समावेश गरेका छन् । ब्राजिलियन क्लब […]

September 16, 2017

मेस्सी फिफामा सबैभन्दा धेरै ड्रीब्लिंग क्षमता भएका खेलाडी

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, […]

September 16, 2017

नेपाल सामु मलेसियाको १२२ रनको लक्ष्य

काठमाडौँ (हाम्रोखेलकुद)- एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस जितेर बलिङ्ग गर्ने निर्णय गर्दै मलेसियालाई १२१ रनमा रोकेको छ। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेसिया ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१मा खुम्चिएको हो।  ब्याटिंग गर्ने निम्तो पाएर मैदानमा उत्रिएको मलेसियाका सुरुआती ब्याट्सम्यानहरु सम्हालियर खेल्ने प्रयास गर्ने पनि ठुलो […]

nepal u19

September 16, 2017

मलेसिया विरुद्द नेपाल टस जितेर बलिङ गर्दै (लाइभ भिडियो सहित)

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ ।मलेसिया स्थित किन्रारा ओभल मैदानमा नेपालले घरेलु टोलीको सामना गर्दैछ । समूह‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो । […]

Success

Thank you for your time.