default_image

2 years ago

January 8, 2022

गण्डकी प्रदेश आर्चरीमा सुजन च्याम्पियन

59 views

0 Bookmark

विजय नेपाली, पोखरा

म्याग्दीका सुजन पुन गण्डकी प्रदेश स्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । सुजनले शनिबार भएको पफाइनलमा म्याग्दीकै उमेश तिलिजालाई ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । सुजनले २५ हजार र उमेशले २० हजार रुपैयाँ प्राप्त गरे । सुजन पहिलो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै नकआउट चरण प्रवेश गरेका थिए ।

कास्की जिल्ला आर्चरी संघको आयोजना तथा नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य प्रायोजनमा आयोजित स्टाण्डर्ड–३० मिटर प्रतियोगिताको पोखरा रंगशालास्थित आर्चरी मैदानमा शनिबार सम्पन्न प्रतियोगिता म्याग्दीका राजु खोर्जा पुले तेस्रो भए । कास्कीका पूर्ण गौचनलाई ७–१ को सेट प्वाइन्टले पराजित राजु तेस्रो भएका हुन् । उनले १५ हजार र पूर्णले १० हजार रुपैयाँ प्राप्त गरे ।

६० वर्षमाथिको भेट्रान्स तर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २ सय ३३ अंक जोड्दै प्रथम भए । तीन गाँउले थकाली समाजका बुद्धि थकाली २ सय २५ अंकसहित दोस्रो स्थानमा रहँदा मनाङ समाजका छोर्तेन गुरुङ २ सय २३ अंकसहित तृतीय भए । भेट्रान्स तर्फको प्रतिस्पर्धामा ७ खेलाडीले निशाना लगाएका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ जना गरी १६ जनालाई बन्द प्रशिक्षणमा राखिने कास्की आर्चरीका अध्यक्ष योगन्द्र शेरचनले जानकारी दिए । प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष बसन्त गौचन(साकुरा)का अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रारम्भिक छनोट गरिएको छ । उनीहरुबाट स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा ४ जना खेलाडी छनोट गरिने जानकारी दिए ।

प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी संघका उपाध्यक्ष बसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायतले पुरस्कृत गरे ।

May 18, 2024

कान्तिपुर हाफ म्याराथन – राजपुराको ह्याट्रिक, दीपकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

May 18, 2024

‘सन्न्यासपछिको योजना खेल जीवनमै बनाउन सके उत्तम’

काठमाडौं (हाम्रो खेलकुद)– सौख, जोशबाट सुरु हुने खेलाडीको जीवन व्यवसायिकता हुँदै सन्न्याससम्म पुग्छ । तर, धेरैले सक्रिय जीवनमा सन्न्यासपछि के गर्ने भन्ने सोचेका हुँदैनन् । यद्दपी कतिपय खेलाडीले सन्न्यासपछि के गर्ने भन्ने योजना बनाइसकेका हुन्छन् । सन्न्यासपछि खेल गर्ने भन्ने लक्ष्य निर्धारण गर्ने सके त्यसले सन्न्यासपछिको जीवन सहज हुने खेलाडीहरुको विश्वास छ । नेपाल ओलम्पिक […]

Success

Thank you for your time.