4 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ ।
च्याम्पियनसिपका लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोग रहेको संघले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । प्रतियोगितामा झण्डै १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
च्याम्पियनसिपमा नुवाकोटे टाईगर, चट्टान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ ।
प्रतियोगितामा हेभी वेंट च्याम्पियनले १ लाख ५ हजार रुपैयाँ, हाडकोर च्याम्पियनले ८५ हजार, मिडल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाईट वेट फिमेल च्याम्पियनले ६५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ । प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गर्नेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]