3 years ago
December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

संघले राजधानीमा आइतबार एक कार्यक्रमकाबीच दुवै टोलीलाई संयुक्त रुपमा बिदाई गरेको हो । यू२३ पुरुष भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । बिच भलिबल टोली झन्डै एक सातापछि प्रस्थान गर्ने तालिका रहेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, पुर्व अध्यक्ष मनोरन्जन रमण शर्मा, राखेपका सदस्य जनक बर्तौला, चन्द्र बदना राई, अन्जन धमला, समाजसेवी सावित्री र दुर्ज कुमार राईलगायत टोलीलाई बिदाई गरे ।
यु२३ का प्रशिक्षक जगदीश भट्ट, यु२३ व्यवस्थापक जितेन्द्र श्रेष्ठ र कप्तान धिरोज कुमार बस्नेतलाई सदस्यसचिव घिसिङले झन्डा हस्तान्तरण गरे । यस्तै सदस्यसचिवले बिच टोलीका कप्तान मान बहादुर श्रेष्ठ र कोपिला उप्रेती तथा प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुनलाई झन्डा हस्तान्तरण गरे ।
काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा तथा एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप ११ देखि १६ पुससम्म आयोजना हुँदैछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग ७ पुसमा खेल्दैछ । सोही दिन किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनल १० पुसमा हुनेछ । फाइनल ११ पुसमा हुुनेछ ।
च्याम्पियनसिपका लागि नेपालले १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादव रहेका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तरगतका मख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह पनि टोलीमा रहेका छन् ।
संघले खुल्ला छनोटमा सहभागी ८० खेलाडीबाट बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गर्दै त्यसबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको छ । अन्तिम टोलीमा प्रतिभावान सेटर सुवास कुँवरसँगै गोविन्द टमाटा, तेज नाथ, सुरेन्द्र भाट, प्रेम प्रसाद गौतम र विशाल भण्डारीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै बिच भलिबल पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुन रहेका छन् ।पुरुषतर्फ मान र दिलको जोडी र महिलातर्फ कोपिला र कमलाको जोडी खुल्ला र अन्तिम छनोटमा पहिलो भएर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
यू२३ को १४ सदस्यीय टोली : धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ
बिच भलिबलको टोली :
पुरुषतर्फ – मान बहादुर श्रेष्ठ र दिल सुनार
महिलातर्फ – कोपिला उप्रेती र कमला पुन
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]