default_image

2 months ago

January 4, 2024

यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ। क्यानले एसिसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरिएको हो । एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका […]

2543 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ।

क्यानले एसिसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरिएको हो ।

एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका कारण यसपटक टोलीमा छैनन्। उनको स्थान अर्का तीब्र बलर दुर्गेश गुप्ताले लिने छन् । यस्तै अल राउन्डर दीपक बोहोरा पनि टोलीमा थपिएका छन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान सँग रहँदा समूहको अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा रहेको छ ।

त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरु खेल्ने छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।

विश्वकप श्रीलंकामा हुने भनिएतापनि श्रीलंका क्रिकेट बोर्ड आईसिसिको निलम्बनमा परेसंगै विश्वकप दक्षिण अफ्रिकामा हुने भएको हो ।

नेपाली यु १९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

February 23, 2024

रन्जितबाट मञ्चको अक्षकोषका लागि रकम हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा रन्जितले २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । […]

February 23, 2024

प्यारागन, गुहेश्वरी र बौद्धलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० […]

February 23, 2024

कीर्तिमानी स्कोरमा भुवनलाई ११औं उपाधि

पोखरा (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी कीर्तिमानी स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । भुवनले ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ […]

Success

Thank you for your time.