6 years ago
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका हरि रिमालले टिभिएस दशैको दौडको उपाधि जितेका छन् । साढे ६ किलोमिटरको दौड २६.२९ मिनेटमा पुरा गर्दै हरिले शनिबार उपाधि जितेका हुन् । दीपक अधिकारी दोस्रा र ज्ञानेन्द्र राई तेस्रा भएका थिए । दीपकले २६.३० मिनेटमा र ज्ञानेन्द्रले २६.३५ मिनेटमा दौड पुरा गरेका थिए ।
सवारीसाधन निर्माता टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस दशैंको दौड’ आयोजना गरेको थियो ।दौड नक्साल बाल मन्दिरबाट सुरु भइ सिटी सेन्टर, कमलादी, पुतली सडक, भृकुटीमण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्साल पुगेर टुंगिएको थियो ।
हरिले उपाधिसहित ५० हजार, प्रदीपले २५ हजार र ज्ञानेन्द्रले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । दौडको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । कार्यक्रममा जगदम्बा ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, कलाकार निखिल उप्रेती, प्रदीप खड्कालगायतले सहभागीको हौसला बढाएका थिए । दौडमा झन्डै ४ सय जनको सहभागिता थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]