default_image

6 years ago

September 17, 2019

आर्मी र पुलिसको फाइनल फेरि स्थगित

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ ।

वर्षाका कारण लगातार स्थगित भएको खेल मंगलबार हुने भनिएपनि वर्षाकै कारण सम्भव नभएपछि शनिबार सम्मका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा विहान ८ बजे शुरु हुनेछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । बुधबार र बिहीबार राष्ट्रिय टोलीको छनोट हुने भएकाले खेल शनिबारलाई सारिएको हो ।

पुलिसले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनेको थियो । आर्मीले गण्डकीको चुनौती पन्छाउँदै उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो । सोमबार भएको तेस्रो स्थानको खेलमा गण्डकीले एपीएफलाई ३-२ ले हराएको थियो । गण्डकीले १ लाख रुपैयाँ प्राप्त गर्दा चौथो स्थानको एपीएफले ५० हजारमा चित्त बुझायो ।

विजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.