6 years ago
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फे्रन्चाइच टोली काठमाडौं किंग्स इलाभेनले आयोजना गर्ने फ्यान कप इन्डोर क्रिकेट प्रतियोगितामा ८ टोली रहने भएका छन् ।
असोज ३ मा गोल्फुटार इन्डोरमा हुने प्रतियोगितमा खेल पत्रकार र समर्थक गरि ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । नक आउट चरणमा आधारमा खेलाइने प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च, काठमाडौं किंग्स ट्वीटर ब्लास्टर्स, काठमाडौं किंग्स लिटिल लायन, गोर्खा स्टाइकर्स, नेपाली क्रिकेट समर्थक समाज, नेपाली क्रिकेट फ्यान क्लब, ट्वीटर किंग्स क्रिकेट क्लब र रोयल केसिटिसी इन्डोर क्रिकेटको सहभागिता रहने छ ।
यस्तो छ खेल तालिका
पहिलो खेलमा काठमाडौं किंग्स ट्वीटर ब्लास्टर र काठमाडौं किंग्स इलाभेन लिटिल लायन्सबीच विहान ८ बजेदेखी सुरु हुने छ । त्यस्तै दोस्रो खेलमा गोर्खा स्टाइकर्स र नेपाली क्रिकेट समर्थक समाजबीच प्रतिस्पर्धा हुने छ । जुन खेल विहान ९ बजेपछि सुरु हुने छ ।
तेस्रो खेलमा नेपाली क्रिकेट फ्यान क्लब र ट्वीटर किंग्स क्रिकेट क्लबबीच विहान १० बजेबाट सुरु हुने छ । समुह चरणको अन्तिम खेलमा नेपाल खेलकुद पत्रकार मञ्च र रोयल केसीटिसी इन्डोर क्रिकेटबीच ११ बजेपछि सुरु हुने छ ।
हरेक खेलका विजतो टोली सोझैं सेमिफाइनलमा प्रवेश गर्ने छन् । खेल १०-१० ओभरको हुने छ । काठमाडौं किंग्स इलाभेनका सिईओ राजजंग थापाले यस इन्डोर कपले समर्थक र फे्रन्चाइज टोलीबीच दिगो र प्रगाढ सम्बन्ध विकाश हुने विश्वास ब्यक्त गरेका छन् । उनले नेपाली क्रिकेट समर्थकको माया र उत्साह देखेर यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]