default_image

6 years ago

September 18, 2019

भलिबल खेलाडी कोपिला नेदरल्यान्ड्स जाने

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड प्रस्थान गर्ने भएकी छिन् । कोपिला नेदरल्यान्ड भलिबल फेडेरेसन (नेभोवो) र डच मिनिस्ट्री अफ फरेन एफयर्सलेले आफ्नै बारेमा बनाएको वृत्तचित्र सार्वजनिक गर्ने कार्यक्रमका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्  ।

कोपिलाको वृत्तचित्र २३ सेप्टेम्बरमा युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनल दौरान सार्वजनिक हुनेछ । ३ अक्टोबरमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीवी) को हेडक्वाटर स्वीट्जरल्यान्डको लसाउनेमा उक्त भिडियो सार्वजनिक गरिनेछ ।

भिडियोमा लामो समयमा महिला भलिबलमा बिताएको र ग्रामीण भेगबाट भलिबल सिक्दै राष्ट्रिय टोलीसम्म आइपुगेको तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको विषयलाई उठाइएको छ । यस भिडियो नयाँ पुस्तालाई खेलमा लाग्नको लागि थप प्रेरणा मिल्ने विश्वास कोपिलाको छ ।

अर्नाे डि क्लोइट अफ क्रिएटिभ फाइभले कोपिलाको भिडियो निर्माण गरेका हुन् । भिडियाको लागि नेभोवो र नेपाल भलिबल संघले पनि सहयोग गरेको छ । यो कार्यक्रमको नेतृत्व (एफआइभीवि) का इन्स्ट्रक्टर लेभल ४ कोच लेस्ली डि जङ र लेभल ५ कोच रीता बुइकेमाले गरेका छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.