default_image

5 years ago

September 20, 2019

भलिबल संघका उपाध्यक्ष खड्कालाई जनसेवा पदक

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्काले राष्ट्रपतिबाट जन सेवा पन्चम श्रेणी पाउने भएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार पदक पाउनेको नामावली घोषणा भएमध्ये खड्का पनि एक हुन् ।

खड्का सन्चुरी बैंकका प्रमुख बजार अधिकृत हुन् । संविधान दिवसमा ६ सय ३४ जनालाई विभिन्न पदक दिने घोषणा गरिएको छ । खेलकुद क्षेत्रबाट पनि २१ जनाले विभिन्न पदक पाउने भएका छन् । दुई दशक भन्दा लामो समय एभरेष्टमा बिताएका खड्का दुई वर्षअघि सेन्चुरीमा आबद्ध भएका थिए ।

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं २ का स्थायी बासिन्दा खड्काले आफ्नो स्वर्गिय बाबु शेरबहादुर खड्का स्मृतिका नाममा पछिल्लो पाँच वर्षदेखि महिला राष्ट्रिय भलिबल आयोजना गर्दै आएका छन् । मान पदवी पाउने घोषणा हुँदा थप जिम्मेवारी बोध भएको र आफ्नो बारेमा मुल्याङकन भइरहेको महसुस गरेको बताए ।

 

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु इभेन्टको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इरानसँग पराजित भएपछि नेपाली टोली मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम आठमा पुगेको हो । नेपाल १५–६ र १५–१२ ले पराजित भएको थियो । त्यसअघि लिग चरणकै खेलमा आजै […]

May 18, 2024

कान्तिपुर हाफ म्याराथन – राजपुराको ह्याट्रिक, दीपकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

Success

Thank you for your time.