default_image

5 years ago

September 20, 2019

आर्मी र पुलिसको भलिबल फाइनल भोली

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाका कारण दुई पटकसम्म स्थगित भएको घरेलु पुरुष भलिबलको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुदैछ । उपाधिका लागि घरेलु भलिबलकै दुई चर्चित दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार बिहान ९ बजे हुने आयोजक प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंका अध्यक्ष दीपक थापाले हाम्रो खेलकुदलाई जानकारी गराए ।

सोमबार तेस्रो सेट चलिरहँदा स्थगित भएको फाइनल मंगलबार शुरु नै नभई स्थगित हुन पुगेको थियो । सोमबार आर्मीले शुरुवाती सेट २५–२३ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट पुलिसले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुलिस २१–१९ को अग्रतामा रहेको थियो । शनिबार खेल पहिलो सेटबाट नै सुरु हुनेछ ।

गत २४ भदौबाट शुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभािगता जनाए । वर्षाका कारण प्रतियोगिता तीन दिनसम्म पछि सरेको थियो । त्यसपछि पनि लगातार वर्षा र १३औं सागका लागि राष्ट्रिय टोलीको छनोट रहेका कारण प्रतियोगिता शनिबारको लागि सारिएको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए ।

आर्मी वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ । आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा पुलिससँग पराजित हुदै उपविजेता बनेको आर्मीले प्रधानसेनापति भलिबलमा पुलिसलाई पराजित गर्दै वर्षको पहिलो उपाधि जितेको थियो । त्यही जितलाई निरन्तरता दिने लक्ष्यमा आर्मी रहनेछ ।

राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मीसँग धनबहादुर भट्ट, हरिहजुर थापा, दुर्गा बहादुर खड्का, हरि अधिकारी, इश्वर थापा, राजेन्द्र विष्ट र नरेन्द्र गिरीजस्ता खेलाडीको साथ रहेको छ । मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ चोटका कारण पुलिसविरुद्ध खेल्नेछैनन् । उनी फाइनल दौरान नै चोट बोक्न पुगेका थिए ।

यता पुलिस वर्षको तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । आठौं र पाथिभरा राष्ट्रिय भलिबलमा आर्मीलाई पराजित गर्दै वर्षको दुई उपाधि जितिसकेको पुलिस प्रधानसेनापतिको फाइनलमा आर्मीसँग भोगेको हारको बदला लिने लक्ष्यसहित कोर्टमा उत्रनेछ ।

पुलिससँग पनि राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको छ । कप्तान इमबहादुर राना, कुल बहादुर थापा, दीपकराज जोशी, द्धारिका थापा, विशाल विके, रविन चन्द, भीम गाहा र राजु शेरचन जस्ता चर्चित खेलाडीहरुको साथ रहेको छ । राष्ट्रिय खेलाडीले भरिपुर्ण दुई टोलीबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

त्यसअघि गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पारजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । गण्डकीले १ लाख रुपैया तथा एपीएफले ५० हजार रुपैयामा चित्त बुझायो ।

प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा दोस्रोले ३ लाख रुपैया हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान टीभीएस मोटरसाइकल हात पार्नेछन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु इभेन्टको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इरानसँग पराजित भएपछि नेपाली टोली मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम आठमा पुगेको हो । नेपाल १५–६ र १५–१२ ले पराजित भएको थियो । त्यसअघि लिग चरणकै खेलमा आजै […]

May 18, 2024

कान्तिपुर हाफ म्याराथन – राजपुराको ह्याट्रिक, दीपकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

Success

Thank you for your time.