6 years ago
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै नेपाल पुलिस क्लबले रु पाँच लाख हात पारेको छ । उप विजेता आर्मीले ३ लाखमा चित्त बुझाउनु परेको छ ।
आर्मीले पहिलो र दोस्रो दुवै सेट समान २५-२२ ले गुमाएको थियो । तेस्रोमा पनि पुलिसले २५-२२ ले जित्दै उपाधि जितेको हो । मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ विना फाइनल खेलेको आर्मी केहि कमजोर देखिएको थियो । मानबहादुर फाइनल दौराननै चोटका कारण बाहिरिएका थिए ।

आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो । सोमबार तेस्रो सेट चलिरहँदा स्थगित भएको फाइनल मंगलबार शुरु नै नभई स्थगित हुन पुगेको थियो ।
त्यसअघि गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । गण्डकीले १ लाख रुपैयाँ तथा एपीएफले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]