default_image

6 years ago

September 21, 2019

आर्मीका धनबहादुर सर्वोत्कृष्ट खेलाडी

455 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृती युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मीका धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

शनिबार भएको फाइनलमा आर्मी नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । आर्मीले तीनै सेट समान २५-२२ ले गुमाएको थियो । आर्मीलाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका धनबहादुर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुदैं अपाचे बाइक जितेका छन् । अन्य ब्यक्तिगत विधामा नेपाल पुलिस क्लबका खेलाडीको वर्चश्व रह्यो । गण्डकी प्रदेशका याम क्षेत्री उत्कृष्ट ब्लकर बन्दा अन्य सबै विधा पुलिसका खेलाडीले जिते ।

कुल बहादुर थापा उत्कृष्ट स्पाइकर,इम राना उत्कृष्ट सेटर घोषित भए । उत्कृष्ट सर्भरमा द्धारीका थापा,उत्कृष्ट डिफेन्डरमा भिम मगर र उत्कृष्ट प्रशिक्षकमा पुलिसकै सरोज श्रेष्ठ चुनिए । ब्यक्तिग विधामा पुरस्कार जित्ने सबै खेलाडीले रु १० हजार नगद प्राप्त गरे ।

विजेता पुलिसले रु ५ लाख र उप विजेता आर्मीले ३ लाखमा चित्त बुझायो । तेस्रो भएको गण्डकीले १ लाख र चौथो भएको एपीएफले ५० हजार प्राप्त गरे । 

आयोजक प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले दोस्रो संस्करणको प्रकाश दाहाल स्मृती युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको विजेताले ७ लाख पाउने घोषणा समेत गरेको छ । प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

सोहि अवसरमा नेपाली राष्ट्रिय भलिबल तथा पुलिसका कप्तान इम रानालाई भलिबलमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.