default_image

6 years ago

September 21, 2019

राष्ट्रिय टोलीका कप्तान इम सम्मानित

915 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इमबहादुर रानामगर सम्मानित भएका छन् । समाजमा युवामाझ प्रभावशाली भूमिका निर्वाह गरेकोमा उनलाई प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले शनिबार सम्मान गरेको हो ।

इमलाई सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल दौरान आयोजकले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको हो । प्रगतिशलि युवा नेपालका अध्यक्ष दीपक थापाले दोसल्ला तथा प्रमुख अतिथि गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद चुडामणि खड्काले इमलाई सम्मानपत्र प्रदान गरे ।

सम्मानपत्रमा इमले भलिबल क्षेत्रमा लागेर लामो समयसम्म नेपालको कप्तानी सम्हाल्दै विदेशिने युवाहरुलाई भलिबल क्षेत्रमा लाग्न उर्जा प्रदान गरेको उल्लेख गरिएको  छ । यस्तै सम्मान पत्रमा इमका जीवनकाललाई हेरी भोलिका दिनहरुमा नयाँ पुस्ताहरुलाई खेल क्षेत्रमा लाग्न थप उर्जा मिल्ने आशा गरिएको समेत उल्लेख गर्दै भलिबल खेललाई जगेर्ना गर्न गरिएको विविध कार्यको उच्च मुल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

इमले २०७२ सालदेखि नेपाली टोलीको कप्तानी गरिरहेका छन् । उनकै कप्तानीमा नेपालले दुई वर्षअघि एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा ऐतिहासिक कास्यपदक जितेको थियो । शनिबार सम्पन्न फाइनल खेलमा इमको कप्तानीमा नेपाल पुलिस क्लब सर्वाधिक धनराशिको भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको थियो ।

च्याम्पियन बन्ने क्रममा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हराएको थियो । उनी प्रतियेगिताको उत्कृष्ट सेटरसमेत चुनिएका थिए । उनले १० हजार रुपैया पाए । आयोजक प्रगतिशिल युवा नेपाल खेलसँगै गरिव असहाय तथा विभिन्न कोणबाट पीडित भएका समुदायको हक र अधिकारका लागि स्थापित संस्था हो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.