6 years ago
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिकमा आयोजना हुने भएको छ । गत महिना नेपालमा आयोजना भएको एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका दौरान बसेको एभिसीको बैठकले बंगलादेशमा महिला च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो ।
बंगलादेश भलिबल फेडेरेसनले शनिबार प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गते सम्म आयोजना हुने पक्का भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । च्याम्पियनसिपमा कति टोलीको सहभागिता रहने भन्ने विषयमा खुलाइएको छैन ।
नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद अघि सेन्ट्रल जोन च्याम्पियनसिप आयोजना हुने भएको हो । साग मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुने बताइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]