default_image

6 years ago

September 22, 2019

स्वति सदनलाई शिक्षक भलिबल उपाधि

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगिताको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित ग¥यो । विजेताले खसी तथा उपविजेताले बोका पुरस्कार स्वरुप पाए ।

मनासलुले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मनासलुले सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) लाई २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । मनासलुले एक जोर भाले पुरस्कार पायो ।स्वति सदनका मदनबाबु दवाडी उत्कृष्ट खेलाडी घोषित भए । ग्राम सेवाले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, शैक्षिक गतिविधि हेर्ने विद्यालयका अभिभावक विष्णुप्रसाद पनेरु, कार्यक्रम संयोजक राजन अधिकरी, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.