default_image

6 years ago

September 26, 2019

ढोरपाटन भलिबलको पुरस्कार राशिमा वृद्धि

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ । यससँगै आगामी माघमा हुने १५औं संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्ने र सबैमा पुरस्कार राशिमा वृद्धि गरिएको आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्यालले हाम्रो खेलुकदलाई जानकारी गराए ।

 

 

 

 

 

गतवर्ष विजेताले ३ लाख ५० हजार रुपैया जितेको थियो । दोस्रो हुने टोलीले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौले ५५ हजार, छैटौले ४५ हजार र सातौले ३५ हजार रुपैया हात पार्नेछ । यसपटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने बताइएको छ ।

भाग्यमानी दर्शकले २ लाख रुपैया बराबरको एक थान मोटरसाइकल पाउनेछ । ग्रेट अचिमेन्ट अवार्डबाट एक खेलाडीले ४ लाख रुपैया बराबरको मोटरसाइकल हात पार्नेछ । उदियामान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि इयर सिरिज र उत्कृष्ट खेलाडीले समान १ थान स्कुटी हात पार्नेछन् ।

यस्तै आयोजकले तीन विदेशी खेलाडी ल्याउने टोलीलाई १ लाख २० हजार भत्ता दिने बताएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् । माघमा हुने भनिएपनि मिति र सहभागी हुने टोलीको टुङ्गो लागेको छैन ।

१४औं संस्करण सकिदा एपीएफले सर्वाधिक ६ पटक उपाधि जितेको छ । पाँच पटकपोखराको ज्ञानुबाबाले जितेको छ । समान एक पटक नेपाल पुलिस क्लब र रिड मोडलले जितेको छ । पहिलो संस्करण पुरुषको आयोजना हुदा आर्मी च्याम्पियन बनेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.