default_image

6 years ago

September 25, 2019

प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप भलिबल हुने

134 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ – बुर्तिबाङ राइजिङ युवा क्लब र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा पुरुष र महिला खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला हुने बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ । लामो समयदेखि बुर्तिबाङमा संचालन हुँदै आएको कोजागत पूर्णिमा मेलामा यस वर्षदेखि ढोरपाटन नगरपालिका पनि आयोजक रहने गरि मेयर रनिङ गोल्ड कप भलिबल संचालन गर्न लागिएको हो ।

२५ टोलीसम्मले भाग लिने अपेक्षा गरिएको पुरुष खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्ने बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष सोमबहादुर पौवीले जानकारी दिए । महिला तर्फको विजेताले उपाधिसहित ६० हजार र दोस्रो हुनेट टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष पौवीले बताए ।

रनिङ गोल्ड कपमा २० ग्रामको सुन राखिने आयोजकले जनाएको छ । बुधबार बागलुङ बजारको सुनको रेट अनुसार १ लाख २६ हजार रुपैयाँ पर्ने २० ग्रामको सुन राखेर आकर्षक गोल्ड कप निर्माण भइरहेको अध्यक्ष पौविले बताए । गोल्ड कप रनिङ शिल्ड पचाउनका लागि भने एउटै टोलीले लगातार ३ पटक उपाधि जित्नु पर्ने बताइएको छ ।

यस्तै मेलामा पुरुष र महिला छेलो फाल्ने प्रतियोगिता, बागलुङ जिल्ला स्तरिय आईटीएफ तेक्वान्दो च्याम्पियनसिप र जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.