6 years ago
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बिच भलिबलतर्फको तयारीमा रहेको पुरुष तथा महिला भलिबल टोलीलाई पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी फाउन्डेसनले पोशाक हस्तान्तरण गरेको छ ।
फाउन्डेसनले आइतबार विजयी दशामी, दिपावाली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम दौरान सागको तयारीमा रहेका चार पुरुष र ५ महिला खेलाडी र दुई प्रशिक्षक गरी ११ जनालाई खेल पोशाक हस्तान्तरण गरेको हो । खेल पोशाक पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राखेपका पुर्व सदस्य रेशम गुरुले महिलातर्फको विनिता बुढाथोकी र पुरुषतर्फ मानबहादुर श्रेष्ठलाई जर्सी हस्तान्तरण गरे ।
महिलातर्फ विनिता बुढाथोकी, नेविका चौधरी, मनिषा चौधरी, पुष्पा चौधरी र कोपिला उप्रेती सागको बन्द प्रशिक्षणमा छन् । पुरुषतर्फ मानबहादुर श्रेष्ठ, दिल सुनार, सन्जु विक्रम शाह र राजु विक छन् । महिलामा कौशिला खत्री र पुरुषमा सुदेश कुमार रिमाल प्रशिक्षक छन् ।
करिव एकवर्ष अघि स्थापना भएको फाउन्डेसनले पुराना भलिबल खेलाडीहरुलाई एकै ठाउमा जोड्ने कार्यका साथै भलिबल खेलाडीहरुको हकहितका लागि नियमित कार्य गर्दै आएको छ ।
फाउन्डेसनकी अध्यक्ष अन्जु श्रेष्ठले पुरना खेलाडीहलाई एक ठाउमा जोड्ने र भलिबल खेलाडीहरुको हकहितका लागि निरन्तर कार्य गर्नको लागि यो संस्था स्थापना भएको र फाउन्डेसनले नियमित यसकार्य गर्दै जाने बताइन् ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले पुर्व राष्ट्रिय खेलाडीहरुलाई जोड्न स्थापना भएको संस्थाले सह्रायिन कार्य गरेको र मञ्चले आयोजना गर्न नेपाली खेलकुदको बहुप्रतिक्षित पल्सर स्पोर्टस् अवार्डको सबैभन्दा लोकप्रिय विधा पिपल्स च्वाइस अवार्डमा भलिबल खेलाडी मनोनयनमा परेको अवस्थामा विरलै पराजित हुने गरेको स्मरण गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]