default_image

5 years ago

October 2, 2019

मेलम्चीलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- मेलम्ची नगरपालिकाले प्रथम कालिकादेवी संस्थापक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा मेलम्ची नगरपालिकाले चौतारा नगरपालिकालाई २५–१९, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । घरेलु दर्शकको समर्थन पाएको चौताराले सुरुमा मेलम्चीलाई केही दबाबमा राखेपनि मेलम्चीका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गर्दा गर्दै सहज जित निकाल्न […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मेलम्ची नगरपालिकाले प्रथम कालिकादेवी संस्थापक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा मेलम्ची नगरपालिकाले चौतारा नगरपालिकालाई २५–१९, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

घरेलु दर्शकको समर्थन पाएको चौताराले सुरुमा मेलम्चीलाई केही दबाबमा राखेपनि मेलम्चीका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गर्दा गर्दै सहज जित निकाल्न सफल भएको थियो । बुधबार नै तेस्रो स्थानको लागि भएको प्रतियोगीतामा इन्द्रावती गाउँपालिकाले हेलम्बु गाउँपालिकालाई हराउँदै तेस्रो भएको थियो ।

उपाधिसँगै मेलम्चीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । दोस्रो भएको चौतारा साँगाचोकगढी नगरपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा तेस्रो भएको इन्द्रावती गाउँपालिकाले  २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाए ।

मेलम्चीका रमेश खतिवडा सर्वात्कृष्ट खेलाडी घोषित भए । मेलम्चीकै रमेश भट्टराई बेस्ट स्पाइकर, चौताराका जगदिश श्रेष्ठ बेस्ट ब्लकर, मेलम्चीका कृष्ण तामा बेस्ट सेटर, हेलम्वुका अजय तामाङ लिवेरो, मेलम्चीका राजकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । चौताराका मानबहादुर थापा उदियामान खेलाडी बने ।

विजयी खेलाडीहरुलाई प्रदेश–३ का सासंद सुरेश नेपालले पुरस्कृत गरे । प्रतियोगिता अर्काे वर्ष पनि आयोजना हुने विद्यालयका अध्यक्ष रघुसिंह तामाङले जानकारी दिए । सोही अवसरमा कालिकादेवी माध्यमिक विद्यालयमा अध्ययन गरेर माथिल्लो तहमा पुग्ने पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बलेफी गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत गणेश नेपाली, चौतारा क्याम्पसका सहयाक प्रमुख डम्बरबहादुर श्रेष्ठ निर्माण व्यावसयाी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङ छन् ।

 

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

Success

Thank you for your time.