6 years ago
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणमा नेपाली सेनाले विभिन्न १३ खेलमा सहभागिता जनाउदा बिच भलिबल टोली पनि समावेश भएको हो ।
विश्व सैन्य खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । सेनाले बिच भलिबलसँगै आर्चरी, ब्याडमिन्टन, एथलेटिक्स, जुडो, कुस्ती, फेन्सिङ, तेक्वान्दो, सुटिङ, ट्रायथलन, बक्सिङ, घोडचडी र मोर्डन पेन्टाथलनमा प्रतिस्पर्धा गर्दैछ । जसमा ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछ । विश्व सैन्य खेलकुदमा १०५ देशको सहभागिता रहेको छ ।
बिच भलिबल खेलाडी मानबहादुर श्रेष्ठले साग गेम्सको तयारीमा रहँदै विश्व सैन्य खेलकुदमा सहभागिताले सागको तयारीलाई झनै फलदायी हुने बताएका छन् । ‘यहाँ राम्रै तयारी भइरहेको छ । सैन्य खेलकुदले हाम्रो तयारीलाई झनै सहयोग पुग्ने अपेक्षा गरेको छु । तर, बीचको समयमा इन्ज्युरीले तयारी प्रभावित बनेपनि राम्रो खेल्ने प्रयास हुनेछ ।’ मानबहादुरले भने ।
बिच भलिबल अक्टोवर २१ देखि २८ सम्म हुने तालिका छ । जुन समयमा नेपालीहरुको दोस्रो महान पर्व दिपावली परेको छ । मानबहादुर दिलसहतिको सेनाको ६४ सदस्यीय टोली २७ असोजमा त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]