6 years ago
October 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल खेलाडी कोपिला उप्रेतीको वृत्तचित्र अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीवी) को हेडक्वाटर स्वीट्जरल्यान्डको लजानमा सार्वजनिक गरिएको छ ।

उनको वृत्तचित्र बिहीबार राति सार्वजनिक गरिएको हो । एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका हितेश मल्होत्राले कोपिलो भिडियोबाट आफु प्रभावित रहेको र भिडियो निर्माण गर्ने प्रोजेक्ट भलिबल फर लाइफलाई सहयोग गर्ने बताएका छन् ।
कोपिलाले वृत्तचित्र सार्वजनिक दौरान एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका मल्होत्रासँगै एफआइभीवी टेक्निकल एन्ड डेभलपमेन्ट डिपार्टका प्रमुख स्टिभ टुटन र एफआइभीवी टेक्निकल एन्ड डेभलपमेन्ट डिपार्टकाडोनाटा ताड्दिया ह्युगोसँग भेट गरेका गिए । कोपिलाको वृत्तचित्र यसअघि २३ सेप्टेम्बरमा नेदरल्यान्ड्समा सम्पन्न युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनल दौरान सार्वजनिक गरिएको थियो । 
भलिबल फर लाइफ प्रोजेक्टमार्फत अर्नाे डि क्लोइट अफ क्रिएटिभ फाइभले कोपिलाको भिडियो निर्माण गरेका हुन् । भिडियो निर्माणका लागि नेदरल्यान्ड भलिबल फेडेरेसन (नेभोवो), डच मिनिस्ट्री अफ फरेन एफयर्स र नेपाल भलिबल संघले पनि सहयोग गरेको छ ।
यो कार्यक्रमको नेतृत्व (एफआइभीवि) का इन्स्ट्रक्टर लेभल ४ कोच लेस्ली डि जङ र लेभल ५ कोच रीता बुइकेमाले गरेका छन् ।भिडियोमा लामो समयमा महिला भलिबलमा बिताएको र ग्रामीण भेगबाट भलिबल सिक्दै राष्ट्रिय टोलीसम्म आइपुगेको तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको विषयलाई उठाइएको छ ।
यस भिडियो नयाँ पुस्तालाई खेलमा लाग्नको लागि थप प्रेरणा मिल्ने विश्वास कोपिलाको छ ।आफ्नै बारेमा बनाएको वृत्तचित्र सार्वजनिक गर्ने कार्यक्रमका लागि कोपिला ४ असोजमा त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
कोपिलाको वृत्तचित्र :
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]