default_image

6 years ago

October 12, 2019

भलिबल खेलाडी कोपिलालाई राष्ट्र सेवा पदक

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कोपिला उप्रेती राष्ट्र सेवा पदकबाट विभुषित भएकी छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएकी  हुन् । झन्डै एक दशक भन्दा लामो समयसम्म प्रहरी सेवामा रहेकी कोपिला लामो समय राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् ।

मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियलाी खेलकुद (साग) का लागि उनी बीच भलिबलको प्रशिक्षणमा रहेकी छिन् ।
हालैमात्र उनको बारेमा तयार पारिएको बृत्तचित्र भलिबल फर लाइफ अन्तर्राष्ट्रिय भलिबल महासंघ (एएफआइभिबी) मा असोज १३ गते र त्यसअघि नेदरल्यान्ड्समा सम्पन्न युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनलका दौरान सार्वजनिक गरिएको थियो । कोपिला यसै साता स्वदेश फर्केकी हुन् ।

भलिबल फर लाइफ प्रोजेक्टमार्फत अर्नो डि क्लोइट अफ क्रिएटिभ फाइभले कोपिलाको बृतचित्र तयार पारेको थियो । बृतचित्र निर्माणका लागि नेदरल्यान्ड्स भलिबल संघ (नेभोवो) , डच मिनिष्ट्री अफ फरेन एफयर्स र नेपाल भलिबल संघले सहयोग गरेको बताइएको छ । कोपिलाको लामो समयदेखि महिला भलिबलमा आबद्धता र ग्रामीण भेगबाट भलिबल सिक्दै राष्ट्रिय टोली सम्मको यात्रा तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई बृचचित्रमा समेटिएको छ ।

बृतचित्रले नयाँ पुस्तालाई खेलमा लाग्न र भलिबलमार्फत सफल नागरिक बन्ने प्रेरणा मिल्ने विश्वास कोपिलाले लिएकी छिन् । नेपालले सन् २००६ को दसौं साग र २०१६ को १२ औं सागमा महिला टोलीले कास्य पदक जित्दाकी सदस्य हुन् । प्रहरी दिवसमा नेपाल पुलिस क्लबका पूर्व कप्तान अनिल अधिकारी नेपाल प्रताप भुषण पदकबाट विभुषित भएका छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.