default_image

6 years ago

November 10, 2019

सेन्ट्रल जोन: अफगानिस्तानमाथि नेपालको एकपक्षीय जित

305 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि सहज जित निकाल्दै विजयी शुरुवात गरेको छ ।

शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सशज जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानलाई कुनै सेटमा दोहोरो अंक बटुल्न दिएन । पहिलो सेटमा २५–४ को सहज जित हात पारेको नेपालले दोस्रो सेटमा २५–९ को जितको निकालेको थियो । तेस्रो सेटमा नेपालले २५–६ को  जित निकाल्यो ।

जितसँगै नेपालले ३ अंक जोडेको छ ।बंगलादेशले ३ तथा माल्दिभ्सले २ अंक जोेडेको छ । किर्गिस्तानले १ तथा दुई खेल खेलेको अफगानिस्तान अंक विहीन छ ।

अब नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ । आजै आयोजक बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ ।

राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ ।च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.