6 years ago
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ ।

पहिलो खेलमा अफगानिस्तानमाथि ३–० को एक पक्षीय जित हात पारेको नेपाल दोस्रो खेलमा पनि किर्गितानमाथि सोझो सेटमा जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछ । नेपालले पहिलो खेलमा आइतबार अफगानिस्तानमाथि २५–४, २५–९ र २५–६ को एकपक्षीय जित निकालेको थियो । सोही प्रदर्शनलाई किर्गिस्तानविरुद्ध दोहोर्याउने नेपाली टोलीको योजना छ ।
टोलीका रहेका सबै ६ नयाँ खेलाडीले पहिलो खेलमै उच्च प्रदर्शन गरेका कारण टोली उच्च मनोवलका साथ कोर्टमा उत्रनेछन् । मुख्य प्रशिक्षक जगदिश भट्टले टोलीमा रहेका सबै ६ नयाँ खेलाडीलाई अफगानिस्तानविरुद्धको खेलमा ‘डेब्यु’ गराएका थिए । पहिलो सेटमा ब्याक स्पाइकर निरुता ठगुन्ना, मिडल ब्लकर सुनिता खड्का र लिवेरो सलिना श्रेष्ठलाई कोर्टमा उतारेको प्रशिक्षक भट्टले दोस्रो सेटमा यि तीन खेलाडीसहित ब्याक स्पाइकर पुनम चन्द, मिडल ब्लकर सोफिया पुन र सेटर जानकी भण्डारीलाई कोर्टमा उतारेका थिए ।

प्रशिक्षक भट्टले किर्गिस्तानविरुद्ध सहज जितको अपेक्षा गरेका छन् । अफगानिस्तानविरुद्धको एकपक्षीय जितमा उच्च प्रदर्शन गरेकी प्रतिभा माली किर्गिस्तानविरुद्धको खेलमा पनि नेपाली टोलीको मुख्य हतियार हुनेछिन् । टोलीलाई निरुता ठगुन्ना र सुनिता खड्काको पनि साथ हुनेछ । यता, पहिलो खेलमा माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको किर्गिस्तान नेपाललाई रोक्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।
किर्गिस्तानले माल्दिभ्सविरुद्ध पहिलो सेट गुमाएर पनि बाकी दुई सेट जित्दै खेलमा पुनरागमन गरेको थियो । तर, बाँकी दुई सेट किर्गिस्तानले आफ्नो पक्षमा पार्न नसक्दा पराजित हुन पुगेको थियो । त्यही कमजोरी सुधार्दै नेपाललाई चुनौती दिने किर्गिस्तानको लक्ष्य छ । अग्लो कद किर्गिस्तानको लागि फाइदा हुन सक्नेछ । आजै दोस्रो खेलमा अफगानिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई खेलमा जित हात पारेको माल्दिभ्स ५ अंक जोडेर शीर्षस्थानमा छ । ३ अंक सहित नेपाल दोस्रो तथा समान ३ अंक नै रहेको बंगलादेश तेस्रो स्थानमा छ । माल्दिभ्ससँग १ अंक खोसेको किर्गिस्तान चौथो तथा अंकविहीन आफगानिस्तान पुछारमा छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]