6 years ago
November 12, 2019
नेपाल विरुद्ध बंगलादेश
स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला, मिरपुर, ढाका
माथिको लिंक नचलेमा प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको नेपाली सोही जितलाई निरन्तरता दिने लक्ष्यसहित घरेलु टोलीविरुद्ध कोर्टमा उत्रदैछ । नेपाल घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियसिपको फाइनल पुग्ने लक्ष्यमा हुनेछ । आजै पहिलो खेलमा किर्गिस्तानले अफगानिस्तानलाई सोझो सेटमा पराजित गरिसकेको छ ।

नेपालले पहिलो खेलमा २५–४, २५–९ र २५–६ को तथा दोस्रो खेलमा किर्गिस्तानमाथि २५–१५, २५–१९ र २५–२० को जित निकालेको थियो । रिसिभ र ब्लक राम्रो नहुँदा नेपालले किर्गिस्तानविरुद्ध अंक गुमाएको थियो । त्यसलाई सुधार्दै नेपाल बंगलादेशविरुद्ध कोर्टमा उत्रनेछ । किर्गिस्तानविरुद्ध पनि टोलीकी भरपर्दा सदस्य प्रतिभा मालीले उच्च प्रदर्शन गरेकी थिइन् ।
चोटका बाबजुद पनि तेस्रो सेटमा कोर्टमा छिरेकी ओपन स्पाइकर सरस्वती चौधरीले आफ्नो स्तरको प्रदर्शन गरेकी थिइन् । नयाँ खेलाडीहरु सुनिता खड्का, साफिया पुन, निरुता ठगुन्नाले पनि राम्रो खेल पस्किए । घरेलु टोलीविरुद्ध प्रतिभा नै टोलीको मुख्य हतियार हुनेछिन् । टोलीलाई निरुता ठगुन्ना र सुनिता खड्काको पनि साथ हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]