6 years ago
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – किर्गिस्तानले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको खेलमा किर्गिस्तानले अफगानिस्तान लाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित निकालेको हो ।

पहिलो र दोस्रो सेटमा २५–६ र २५–७ को सोझो जित निकालेको किर्गिस्तानले दोस्रो सेटमा केही संघर्ष गर्नुपरेपनि २५–१५ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा १५ अंक जोडेसँगै अफगानिस्तानले च्याम्पियनसिपमा पहिलोपटक दोहोरो अंक जोड्न सफल भयो । यसअघिका तीन खेलमा अफगानिस्ताले कुनै पनि सेटमा दोहोरो अंक जोड्न सकेका थिएनन् ।
खेलमा उच्च प्रदर्शन गरेकी किर्गिस्तानकी सुम्कारबेकोभा एलिया खेलको क्वीन्स अफ दि म्याच घोषित भइन् । उनले एक थान इलेक्ट्रा मोवाई हात पारिन् । पहिलो जितसँगै किर्गिस्तानले ४ अंक जोडेको छ । अफगानिस्तान जितर अंकविहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानले भने तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
केही बेरमा नेपाल र घरेलु टोली बंगलादेशबीच खेल हुदैछ । यो खेलमा जित हात पारे अपराजित रहेको नेपाल एक खेल अगावै च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । माल्दिभ्स ८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । बंगलादेशको ३ अंक छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]