6 years ago
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीकी मिडल ब्लकर सुनिता खड्का बंगलादेशविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी छिन् ।

एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा घरेलु टोली बंगलादेशविरुद्ध उच्च प्रदर्शन गरेकी सुनिताले ब्लकबाट महत्वपुर्ण ५ अंक जोडेकी थिइन् । उनले एक थान मोवाइल हात पारिन् । यसै च्याम्पियसिपबाट महिला राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी सुनिताले आफ्नो तेस्रो खेलमा प्लेयर अफ द म्याच हुन सफल भएकी हुन् । सुनिता घरेलु भलिबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्छिन ।
प्लेयर अफ द म्याच घोषित भएसँगै सुनिताले निरन्तर मिहनेत र टिमको सहयोगले यो सफलता हात पार्न सफल भएको बताइन् । ‘टिममा प्रशिक्षक, सिनियर दिदी र सहयात्रीको सहयोगले यो सफलता हात पारेको हो । यो सफलताको श्रेय टिमलाई नै छ । प्रतिभा उमेरमा म भन्दा जुनियर हो । तर, प्रतिभाले हामीलाई धेरै कुराहरु सिकाउँछिन् । खेलमा क्रमिक सुधार भइरहेको छ, ’ खेलपछि सुनिताले भनिन, ‘हामी फाइनलमा पुगिसकेका छौं । अब दुवै खेलमा राम्रो भन्दा राम्रो खेल्ने प्रयास गर्नेछु । हाम्रो लक्ष्य गोल्ड मेडल नै हो । हामी त्यसका लागि सक्षम छौं ।’

नेपालले बंगलादेशमाथि २५–७, २५–६ र २५–६ को सहज जित हात पार्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । नेपालले जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । जितसँगै अपराजित रहेको नेपालले ३ खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ८ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । पराजित बंगलादेश ३ अंकसहित चौथो तथा ४ अंक जोडेको किर्गिस्तान तेस्रो स्थानमा छ । अफगानिस्तानले कुनै अंक जोड्न सकेन ।
राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।

यो पनि पढ्नुहोस :
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]