default_image

4 years ago

November 14, 2019

फाइनल : नेपाल विरुद्ध माल्दिभ्स (प्रत्यक्ष प्रसारण)

नेपाल विरुद्ध माल्दिभ्स एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – फाइनल स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला माथिको लिंक नचालेमा यहाँ थिच्नुहोस् बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक उपाधि नजिक पुगेको हो । नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन […]

79 views

0 Bookmark

नेपाल विरुद्ध माल्दिभ्स

एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – फाइनल

स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला

माथिको लिंक नचालेमा यहाँ थिच्नुहोस्

बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक उपाधि नजिक पुगेको हो । नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो ।

त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा तीन कास्यपदक जितेको छ । हुन त यो उपलब्धि नेपालले २०१४ मै पाएको थियो । घरेलु कोर्टमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको फाइनलमा बलियो प्रतिद्धन्द्धी भारतसँग चुकेपनि नेपालले त्यतिबेला नै रजतपदक जितेर ऐतिहासिक उपलब्धि दिलाएको थियो । त्यतिबेला नेपालले बलियो श्रीलंकालाई पराजित गरेको थियो ।

च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो । यतिमात्र होइन नेपालले सबै चार खेलमा कुनैपनि सेट गुमाएको छैन । प्रतिभा माली, सरस्वती चौधरी माल्दिभ्सविरुद्ध नेपालको मुख्य हतियार हुनेछन् । उनीहरुलाई ब्याकमा रेश्मा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, मिडल ब्लकरमा साफिया पुुन, उषा कुमारी विष्ट र सुनिता खड्काले साथ दिनेछन् ।

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

Success

Thank you for your time.