6 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । प्रतिभाले अफगानिस्तानविरुद्ध प्रतियोगिताको पहिलो खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् । उनीसँगै किर्गिस्तानकी मदिना किर्लान प्रतियोगिताको उत्कृष्ट सेटर भइन् । बंगलादेशकी बिठीले प्रतियोगिताको उत्कृष्ट ब्लकरको अवार्ड जितिन् ।
प्रतियोगितामा नेपाल च्याम्पियन बन्दा माल्दिभ्स उपविजेता बनेको हो । यो नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक समेत हो । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबलमा इतिहास रचेको हो
त्यसअघि तेस्रो स्थानको खेलमा किर्गिस्तानले बंगलादेशले हराएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]